सर्लाहीको लालबन्दी नगरपालिका १० मा रहेको आधारभूत विद्यालयका प्रधानाध्यापक शुक्र लामाले पदबाट राजिनामा दिनु भएको छ । नेकपा(माओवादी केन्द्र) लालबन्दी नगरपालिका ८ को वडाध्यक्ष पदमा चुनाव लड्ने दाउमा रहेका प्रधानाध्यापक लामाले पदबाट राजिनामा दिनु भएको छ ।
बिहीबार(आज)वडाध्यक्ष टोपबहादुर श्रेष्ठलाई प्रधानाध्यापक लामाले विद्यालयको प्रधानाध्यापक पदबाट राजिनामा बुझाउनु भएको हो । लामा माओवादी केन्द्रको तर्फबाट लालबन्दी नगरपालिका ८, मा वडाध्यक्षको उम्मेदवार चयन हुनु भएको छ ।
बिहीबार नै भएको माओवादी केन्द्रको वडा भेलाले पार्टीको तर्फबाट वडाध्यक्षमा लामाको नाम सर्वसहमत सिफारिस गरेको माओवादी केन्द्र लालबन्दी नगर कमिटिका अध्यक्ष लेखराम जर्घा(अर्जुन)ले जानकारी दिनु भयो । वडाध्यक्ष पदमा चुनाव लड्नका लागि आफूले सो इच्छा राजिनामा बुझाएको लामाले बताउनु भयो । उहाँ माओवादी केन्द्र लालबन्दी नगर कमिटि उपा अध्यक्ष रहनु भएको छ ।