जिल्ला अस्पतालका २ जना स्वास्थ्यकर्मीमा कोरोना  सक्रमण पुष्टि 

3.3k Shares

सिन्धुली जिल्ला अस्पतालका थप २ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस(कोभिड १९) सक्रमण पुष्टि भएको छ । इर्मजेन्सीमा कार्यरत २८ वर्षिय १ जना पुरुष र  नर्सिङका ४० वर्षिय १ महिलामा कोरोना भाईरस पुष्टि भएको जिल्ला अस्पताल सिन्धुलीका व्यवस्थापक विमल श्रेष्ठले जानकारी दिनु भयो ।
उनिहरु दुवै जनामा  कन्ट्रकटेसिङ गर्दा सक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मी होम आइसोलेसनमा रहेका छन् भने उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको श्रेष्ठले बताउनु भयो । सिन्धुली अस्पतालका २७ जना कर्मचारीको स्वाव संकलन गरि पठाइएकोमा २ जनामा कोरोना पोजेटिभ आएको हो ।  

जिल्ला अस्पताल सिन्धुलीमा हाल सम्म ५ जना स्वाथ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्य ३ जना स्वाथ्यकर्मी डिस्चार्ज भइ काममा फर्किसेका श्रेष्ठले जानकारी दिनु भयो ।उर्मिला भट्टराई

सम्बन्धित समाचार