सुनसरी घटनापछि सर्लाहीमा पनि डीजे प्रयोगमा प्रतिबन्ध लगाइएको छ।डीजे प्रयोगको विषयमा विवाद हुँदा सुनसरी तनावग्रस्त अवस्थामा पुगेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले पनि डीजे प्रयोगमा प्रतिबन्ध लगाएको हो ।डीजे प्रयोगबाट उत्पन्न भएको सुनसरीको विवादको प्रभाव तराईका अन्य जिल्लामा पनि देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्लाभर डीजे प्रयोग गर्न निषेध गरेको हो ।
सुनसरीको देवागञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति डीजे बजाउने विषयबाट सुरु भएको विवादले उग्ररूप लिएपछि स्थानीय प्रशासनले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।सो घटनाको विरोधमा सर्लाहीमा पनि प्रदर्शन भएको थियो ।
त्यसपछि सचेत भएको सर्लाही प्रशासनले“कसैले पनि धार्मिक,सांस्कृतिक,सामाजिक वा व्यक्तिगत कार्यक्रममा डिजे बाजा प्रयोज नगर्न पुनःसूचित गरिन्छ।यदि कसैले उक्त निर्णयको बेवास्ता गरि डिजे बजाएको पाइएमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले त्यस्ता डिजे,साउण्ड, सिस्टम तथा सवारीसाधनहरु नियन्त्रणमा लिई आयोजक तथा संचालक दुवैलाइ प्रचलित कानुन बमोजिम कारबाही गरिने स्पस्ट जानकारीका लागी अनुरोध छ।”भनि सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।