भारतिय सवारी साधनको खुलेआम नेपालमा प्रवेश,सरोकारवाला मौन

536 Shares

भारतिय सवारीसाधनहरुको अत्यधिक प्रयोगका कारण नेपालमा सवारी दुर्घटनाको तथ्यांक उकालो लागि रहेको पाइएको छ।खुल्ला सिमानाको फाईदा उठाउँदै भारतिय सवारी साधनहरु भन्सार समेत नतिरि नेपाल प्रवेश गर्ने र खुलेआम रुपमा प्रयोगमा आउँदा  दुर्घटना बढेको र दुर्घटना पछि पीडितलाई न्याय दिलाउन सक्ने अवस्था नरहेको पाइएको छ ।

sh.jpg
मधेश प्रदेशको सप्तरी देखि पर्सा सम्मको चार सय ६४ किलो मिटर पुरै खुल्ला सिमाना रहेको साथै नेपाली र भारतिय नागरिकहरु विच पारिवारिक सम्बन्ध रहेका कारण भारतिय नम्बरका सवारी साधनहरु सामान्य नियम पालना नगरी नेपाल प्रवेश गर्ने र नेपालका सडकहरुका साथै सवारीहरुको चापलाई ध्यान नदिई तिब्रगतिमा सवारी साधनहरु चलाउँदा दुर्घटना बढ्ने गरेको ट्राफिक प्रहरी अधिकारीहरु बताउँछन् ।dho.jpg
विशेषगरी मधेश प्रदेशका जिल्लाहरुमा भारतिय नम्बर प्लेटका सवारीसाधनहरू सामान्य नियमको पालना समेत नगरी निर्वाध रूपमा सडकमा गुडिरहेका छन्।यस्ता सवारीसाधनले नेपालको यातायात प्रणाली,आर्थिक व्यवस्थापन र सुरक्षा प्रणालीमा गम्भीर प्रभाव पारिरहेका जानकारहरु बताउँछन्।तर सरोकारवाला निकायहरु भारतिय सवारी साधनहरुको नियमनमा नलागी मौन बसेका जानकारहरुको आरोप छ ।yj.jpg
भारतिय निजी सवारीसाधन,व्यवसायिक गाडी तथा यात्रुबाहक बसहरु नेपालको सामान्य नियम तथा मापदण्डको समेत पालना नगरी खुलेआम रुपमा प्रयोग हुने र उनीहरुका कारण हुने दुर्घटनामा सवारी साधनहरु र सवारी धनीहरुको पहिचान गराउन समस्या हुने गरेका कारण पीडितहरुले क्षेतीपुर्ति र न्याय नपाउने गरेका सरोकारवाला निकायहरुको भनाई छ ।yl.jpg
भारतिय सवारीसाधनहरू विराटनगर,जनकपुर,भैरहवा र बुटवल लगाय संघीय राजधानी समेत खुलेआम रुपमा सञ्चालनमा देखिन्छन् ।धेरैजसो गाडीहरू भारतबाट नेपाल भित्रिएर बिना कुनै अनुमति र कानूनी प्रक्रिया सञ्चालन भइरहेका छन्।नेपाल–भारतबीच खुला सिमानाका कारण सवारीसाधनको प्रवेश सजिलो छ।विशेषगरी,सीमावर्ती क्षेत्रका बासिन्दाहरू भारतीय सवारीसाधनलाई सस्तो विकल्पका साथै आफ्न्त तथा ससुरालीबाट दाईजोको रुपमा नेपाल भित्र्याउने नेपालको यातायात सम्बन्धी नियमको पालना नगरी सञ्चालन हुने गरेका जानकारहरु बताउँछन् ।dfok.jpg
कानूनी स्थिति र नियमनको अभाव
नेपालको कानूनी व्यवस्था अनुसार कुनै पनि विदेशी सवारीसाधनले नेपालभित्र प्रवेश गर्नका लागि अस्थायी अनुमति लिनुपर्छ।तर,धेरैजसो भारतिय सवारीसाधनले यो नियमको पालना नगर्ने गरेका छन्।सवारीसाधन भन्सार शुल्क नतिरीकनै नेपालमा प्रवेश गरिरहेका छन्।यो प्रक्रियाले नेपालको भन्सार राजस्वमा ठूलो घाटा पु¥याइरहेको छ।यातायात व्यवस्था विभाग,भन्सार विभाग र स्थानीय प्रशासनले यो समस्या प्रति खासै ध्यान दिएका छैनन्।प्रहरी प्रशासनले पनि सीमित मात्रामा मात्र कारबाही गर्दै आएको छ।भने नेपालका भन्सार कार्यालयहरुसंग समेत भारतिय सवारी साधनहरु आफुखुसी नेपाल प्रवेश गरेको तथ्यांक छैन् ।cs.jpg
आर्थिक असर
नेपालमा भारतिय सवारीसाधनको अव्यवस्थित प्रयोगले देशको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पारेको छ।भारतिय सवारीसाधनले भन्सार शुल्क तिर्दैनन्,जसले गर्दा नेपाल सरकारको राजस्व संकलनमा ठूलो असर परेको छ।नेपालका स्थानीय सवारी व्यवसायीहरू भारतिय सवारी साधनहरूको कारण प्रतिस्पर्धामा परेका छन्।भारतीय सवारी साधनहरूको सञ्चालनले स्थानीय सवारी भाडामा कमी आएको छ,भने भारतबाट सस्तो इन्धन ल्याएर नेपालमा संचालन गर्दा नेपालका पेट्रोल पम्पहरू आर्थिक घाटामा गएका छन्।dfos.jpg
सामाजिक र सुरक्षा चुनौती
सीमावर्ती क्षेत्रबाट बिना कुनै दर्ता चल्ने भारतिय सवारी साधनहरूले अपराधिक गतिविधिहरूलाई सहज बनाउँने गरेका समेत पाइएको छ।भारतिय सवारी साधनहरूको सञ्चालनमा कुनैपनि प्रकारको बीमा वा कानूनी निगरानी नहुँदा दुर्घटनाका घटनाहरू बढ्ने खतरा छ।दुर्घटनाको समयमा पीडितले क्षतिपूर्ति पाउन कठिन हुन्छ।यस्ता सवारी साधनहरूले स्थानीय यातायात नियमहरूको पालना नगर्ने भएकाले ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेको ट्राफिक प्रहरी अधिकारीहरुको भनाई छ।km.jpg
सरकार र सरोकारवालाको भूमिका
यस प्रकारका समस्याको समाधानका लागि सरोकारवालाहरूको सक्रियता आवश्यक छ।तर, हालसम्म उनीहरूको सक्रियता खासै नदेखिएको जानकारहरु बताउँछन्।यातायात व्यवस्था विभागले यस विषयमा ठोस नीति बनाउन सकेको छैन।भन्सार विभागले पनि सीमामा निगरानी बढाउन सकेको छैन्।स्थानीय निकायहरू र प्रशासनले सीमावर्ती क्षेत्रहरूमा प्रभावकारी कारबाही गर्न नसक्दा भारतिय सवारी साधनहरुको खुलेआम प्रयोग भई रहेको छ साथै अपराधिक गतिविधिहरु समेत बढेका विभिन्न निकायहरुको तथ्यांकले देखाएको छ ।dm.jpg
समस्यालाई समाधान गर्न के गर्न सकिन्छ ?
विदेशी सवारीसाधनको प्रवेश र सञ्चालनमा कडाइ गर्न आवश्यक छ।सीमामा सवारीसाधनको अनुगमन गर्न आधुनिक उपकरण र प्राविधिक व्यवस्थाको विकास गरिनु पर्ने जानकारहरु बताउँछन्।यातायात विभाग,भन्सार विभाग,स्थानीय निकाय र प्रहरी प्रशासनबीच समन्वय गरी समस्या समाधानका लागि अभियान सञ्चालन गर्नु पर्ने देखिन्छ।स्थानीय बासिन्दाहरूलाई भारतीय सवारीसाधनको अव्यवस्थित प्रयोगको नकारात्मक प्रभावबारे सचेत गराउनुका साथै क्रमागत रुपमा भारतिय सवारी साधनहरुलाई सरोकारवाला निकायले नियन्त्रणमा लिएर भन्सार काट्ने व्यावस्था गर्न आवश्यक छ ।crm.jpg
यता,भारतिय सवारी साधनहरुको सवालमा कडाईका साथ काम सुरु गरिएको र विस्तारै विस्तारै कानूनी दायरा पुरा गरेर नेपाल प्रवेश गरेका भारतिय सवारी साधनहरु बाहेक अन्य  भारतिय सवारी साधनहरु नियन्त्रणमा लिएर नेपालको नियमानुसार कार्बाही गरि त्यस प्रकारका सवारी साधनहरु आवश्यक कार्बाहीका लागि भन्सार कार्यालय पठाउने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक रजोश घिमिरेले बताए ।भारतिय सवारी साधनहरु सामान्य नियमको समेत पालना नगरी नेपाल प्रवेश गरेको पाइएमा ट्राफिक तथा नेपाल प्रहरीलाई जानकारी गराई सहयोग गर्नु नागरिकको पनि कर्तव्य रहेकाले नेपाल प्रहरी तथा ट्राफिक प्रहरीलाई जानकारी गराउन पनि उनले आग्रह गरे ।h.jpg
त्यस्तै,भारतिय सवारीसाधनको खुलेआम प्रयोगले नेपालको आर्थिक,सामाजिक र सुरक्षा प्रणालीमा गम्भीर असर पु¥याइरहेको भएपनि एकैपटक नियन्त्रण गर्न सक्ने अवस्था नरहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।भारतिय सवारी साधनहरुको हकमा नेपाल प्रवेश गर्ने नाकाहरु सबै खुल्ला भएकाले जताततैबाट नेपाल प्रवेश गर्न सक्ने भएकाले भन्सार कार्यालयले चाहेर पनि सबै भारतिय सवारी साधनहरु भन्सारको दायरामा ल्याउन नसकिएको सर्लाही भन्सार कार्यालय मलंगवाले जनाएको छ ।ym.jpg
 यस प्रकारका समस्यालाई समाधान गर्न सरकार र सरोकारवालाहरूले तत्काल ठोस कदम चाल्न आवश्यक रहेको सामाजिक अभियान्ताहरुको भनाई छ।उनीहरुका अनुसार सरोकारवाला अझै मैन रहेमा यसले दीर्घकालीन रूपमा देशको समग्र विकासमा समस्या निम्त्याउने छ। सवारीसाधनको व्यवस्थापन र नियमनले मात्र यो समस्यालाई समाधान गर्न सकिन्छ।

सम्बन्धित समाचार