कृषि क्याम्पसको जग्गाको सरोकारवालाहरुद्धारा अवलोकन

444 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १६ स्थित परवानीपुरमा स्थापना हुन लागेको कृषि क्याम्पसको जग्गाको जिल्लाका सरोकारवालाहरुले स्थलगत अवलोकन गरेका छन् । १० औँ संविधान दिवश तथा राष्ट्रिय दिवशको अवसरमा डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीको आयोजनामा वृक्षारोपण कार्यक्रममा सहभागी हुन लालबन्दी नगरपालिका १६ स्थित परवानीपुर आएका जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंह,उप सभापति जितेन्द्र कुशवाहा,लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारी,उप प्रमुख कल्पना माया पाख्रिन,प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी,नापी कार्यालय हरिवनका प्रमुख,कोष तथा लखा नियन्त्रक कार्यालय सर्लाहीका प्रमुख सहित जिल्लाका सुरक्षा अधिकारीहरु र सरोकारवालाहरुले कृषि क्याम्पसको जग्गाको अवलोकन गरेका लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष गणेश बहादुर थापाले जानकारी दिए ।
उनका अनुसार काठमाण्डौँ विश्व विद्यालयको आंगिक क्याम्पसको रुपमा लालबन्दी नगरपालिका १६ परवानीपुरमा स्थापना हुन लागेको कृषि क्याम्पसका लागि कुनै पनि रुख तथा बोट विरुवाहरुलाई हानी नोक्सानी नहुने गरी जग्गाको व्यावस्थापन गरिएको र सोही स्थानको जिल्लाका सरोकारवालाहरुले स्थलगत अवलोकन गरेका हुन ।मधेश प्रदेश कै सबै भन्दा ठूलो प्राविधिक क्याम्पसको रुपमा लालबन्दी नगरपालिका १६ परवानीपुरमा कृषि क्याम्पस स्थापना हुन लागेको र यसले लालबन्दीको मात्रै नभई मधेश प्रदेशकै पहिचान बनाउने लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीले बताए।नगर प्रमुख अधिकारीको विशेष पहलमा लालबन्दी नगरपालिका १६ परावनीपुरमा कृषि क्याम्पस स्थापना हुन लागेको हो ।

सम्बन्धित समाचार