सर्लाहीका २ स्थानमा भएको सवारी दुर्घटनमा एकको मृत्युतीन घाईते

417 Shares

सर्लाहीका विभिन्न दुई स्थानमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन्।सर्लाहीको चक्रघट्टा गाउँपालिका ५ पडरियामा भएको सवारी दुर्घटनमा एकको मृत्यु भएको र अरु दुई जना घाईते भएका छन् भने इश्वरपुर नगरपालिका १ चौलिखामा भएको सवारी दुर्घटनामा एकजना घाईते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार चक्रघट्टा गाउँपालिका ५ पडरिया  स्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा चक्रघट्टा गाउँपालिका ५ पडरियाका अन्दाजी वर्र्ष ६० का बरन बैठाको मृत्यु भएको छ भने सोही ठाउँका अन्दाजी बर्ष २० का दिपक मण्डल र चक्रघट्टा गाउँपालिका १ का अन्दाजी बर्ष २० का हरे कृष्ण यादव घाईते भएका छन् ।  
चक्रघट्टाबाट पडरिया तर्फ जाँदै गरेको विआर ३० एजी ५०३६ नम्बरको मोटरसाईकलले स्थानीय पैदल यात्री बैठा मण्डल दुई जनालाई ठक्कर दिँदा गम्भीर घाइते भएका बैठाको प्रादेशिक अस्पताल मलंगवामा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
त्यसैगरी,ईश्वरपुर नगरपालिका १ चौलिखा स्थित राईटरखोर–पोखरिया भित्री सडक खण्डमा पोखरियाबाट राईटरखोर तर्फ जादै गरेको एचपी ५५ सी ६१०५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई नालामा खस्दा इश्वरपुर नगरपालिका ७ पोखरी टोल बस्ने अन्दाजी बर्ष २४ का अमनदिप राम घाईते भएका सर्लाही प्रहरीले जनाएको छ।घाईतेहरुको विभिन्न स्वास्थ्य संस्थामाहरुमा उपचार भई रहेको र दुर्घटनामा संग्लग्न सवारी साधनहरु प्रहरीको नियन्त्रणमा रहेका छन् । 

सम्बन्धित समाचार