नेकपा(एमाले)का नेता रेवती पन्तले आफ्नो जन्मदिनको अवसरमा मानव सेवाश्रममा मिष्ठान्न भोजन गराएका छन्।एमाले नेता पन्तले जन्मदिनको अवसर पारेर सोमबार बिहान हरिवन नगरपालिका १ कैलाशपुरी स्थित रहेको मानव सेवाश्रममा आश्रय दिएर राखिएका व्यक्तिहरुलाई एक छाक मिष्ठान्न भोजन गराएका हुन्।बागमती नगरपालिका १२ निवासी एमाले नेता पन्तले आश्रममा पुुगेर जन्म दिनको अवसरमा मिष्ठान्न भोजना गराएका उनकी पत्नी विभा नेपाल(पन्त)ले जानकारी दिईन् ।
उक्त कार्यक्रममा निवर्तमान प्रदेश सभा सदस्य डिल्लीप्रसाद उप्रेती,हरिवन नगरपालिकाकी उप प्रमुख हरिमाया घलान,एमाले सर्लाहीका उपाध्यक्ष विदुर कुमार प्याकुरेल,एमालेका नेताहरु सीताराम पोखरेल र चूडामणि वाग्ले लगायतका एमालेका नेताहरुको उपस्थिति रहेको थियो ।