सर्लाहीमा संरक्षण,विपद् र सरसफाई सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम

954 Shares

दुर्गा कुमारी अधिकारी

सर्लाहीका सबै स्थानीय तहका साथै सरोकारवालाहरुसंग संरक्षण,विपद् र सरसफाई सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ । इस्लामीक रिलिफ नेपालको सहयोगमा बागमती सेवा समाज हरिवनले जिल्लाभर स्थानीय तहहरुका साथै सरोकारवाला निकायहरुसंग संरक्षण,विपद् र सरसफाई सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको बागमती सेवा समाज हरिवनका अध्यक्ष भरत कुमार कार्कीले जानकारी दिए ।

उनका अनुसार राष्ट्रसंघीय वातावरण तथा विकास महासभाले सन् १९९३ को मार्च २२ तारिखलाई लक्षित गरि जिल्लाका सरोकारवाला निकायहरु,जनप्रतिनिधिहरुका साथै स्वास्थ्यकर्मीहरुसंग संरक्षण,विपद् र सरसफाई दुई दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो । मानव सभ्यता पानीकै छेउमा विकसित भएको हो भने पानी बिना कुनै पनि जीवनको अस्तित्व सम्भव रहँदैन भन्दै राष्ट्रसंघीय वातावरण तथा विकास महासभाले सन् १९९३ को मार्च २२ तारिखमा विश्व पानी दिवस मनाउने घोषणा गरेको थियो ।


पिउने पानी स्वच्छ र सुरक्षित भयो भने अधिकांश रोग नै नलाग्ने चिकित्सकहरुको भनाई छ ।भने,विश्व मै जलस्रोतको दोस्रो धनीे देश भनेर नेपालको पहिचान पनि रहेकोछ। दुई दिन सञ्चालन भएको अभिमुखीकरण कार्यक्रममा संरक्षण प्रेषण प्रणाली निर्माण गरी विभिन्न विपद् क्षेत्रमा काम गर्ने सरोकारवालाहरुलाई जिम्मेवारी समेत बाँडफाँड गरिएको बागमती सेवा समाजले जनाएको छ ।
त्यस्तै राष्ट्रसंघीय वातावरण तथा विकास महासभाले सन् १९९३ को मार्च २२ तारिखलाई लक्षित गरि विभिन्न विद्यालयहरुमा सचेतनामुलक सहित र्याली समेत गरिएको आयोजनाले जनाएको छ ।

सम्बन्धित समाचार