सर्लाही बसबरिया गाउँपालिका ६ पोखरीया टोलमा भएको सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।बसबरिया गाउँपालिका ६ पोखरीया टोलस्थित हिरापुरबाट मदनपुर तर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००१ स ३०३० नम्बरको अटो साँढे गोरुसंग ठोक्किएर अनियन्त्रित भई दुर्घटना हुँदा सात जना घाईते भएका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मधेश प्रदेश ०२–००१ स ३०३० नम्बरको अटो दुर्घटना हुँदा सर्लाहीको कविलासी नगरपालिका ३ का अन्दाजी वर्ष ३९ का भुव नारायण राय यादव, बाराको कलैया उपमहानगरपालिका १ का अन्दाजी वर्ष ३० का गोबिन्द राम,उनकी श्रीमती अन्दाजी वर्ष २५ की नितु राम,पर्साको विरगंज महानगरपालिका २६ का अन्दजाी वर्ष ३२ का सन्तोष पटेल, काठमाण्डौँ चन्द्रगिरी नगरपालिका २ का रिना परियार,सिराहाको लाहान नगरपालिका १८ की अन्दाजी वर्ष २८ की लक्ष्मि पटेल र भारतको बिहार प्रदेश छपरा जिल्लाकी अन्दाजी वर्ष १७ की सोलोनी यादव घाईते भएका हुन ।
त्यस मध्य सर्लाहीको कविलासी नगरपालिका ३ का अन्दाजी वर्ष ३९ का भुव नारायण राय यादवको प्रादेशिक अस्पताल मंलगवा सर्लाहीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ भने अन्य ६ जना घाईतेहरुको प्रादेशिक अस्पताल मंलगवा सर्लाहीमा सामान्य उपचार पश्चात थप उपचारका लागि वीरगन्ज पठाईएको प्रादेशिक अस्पताल मंलगवा सर्लाहीले जनाएको छ ।
दुर्घटनामा संग्लग्न मधेश प्रदेश ०२–००१ स ३०३० नम्बरको अटो प्रहरीको नियन्त्रणमा रहेको छ भने मधेश प्रदेश ०२–००१ स ३०३० नम्बरको अटोका चालक सर्लाहीको कविलासी नगरपालिका ६ मदनपुर टोल का अन्दाजी वर्ष ३५ का प्रमोद राय फरार भएका छन् । उनको खोज तलास भई रहेको सर्लाही प्रहरीले जनाएको छ ।
सर्लाहीमा सञ्चालित अटो तथा मयुरीहरु र म्याजिकहरुले सिट क्षमतालाई वेवास्था गर्दै आफुखुसी तीन जनाको सिट क्षमतामा ९/१० जना सम्म बोक्ने गरेका भएपनि ट्राफिक प्रहरी मौन देखिएको छ ।जसका कारण दुर्घटनाहरु बढेका जानकारहरु बताउँछन् ।