स्व.सुनिलको विषयलाई लिएर वाईसियल नेपाल सर्लाहीद्धारा ईप्रका हरिवनलाई ज्ञापन पत्र

3k Shares

नेकपा(माओवादी केन्द्र)को भातृृसंगठन योङ्ग कम्युनिष्ट लिग नेपाल(वाईसियल नेपाल) सर्लाहीले ईलाका प्रशासन कार्यालय हरिवनमा ज्ञापन पत्र बुझाएको छ । योङ्ग कम्युनिष्ट लिग नेपाल(वाईसियल नेपाल) सर्लाहीका जिल्ला कमिटि सदस्य सुनिल बम्जनका परिवारलाई उचित राहत तथा क्षेतीपुर्तिको व्यावस्था गर्न दवाव दिन भन्दै योङ्ग कम्युनिष्ट लिग नेपाल(वाईसियल नेपाल) सर्लाहीले आज(बिहीबार) ज्ञापन पत्र बुझाएको हो ।
सुनिलको माघ ७ गते पुर्वपश्चीम लोकमार्गस्थित बागमती पुलमा ना ७ ख ८३०० नम्बरको टिपरसंग मोटरसाईकल ठोक्किदा ज्यान गएको थियो । ईलाका प्रशासन कार्यालय हरिवनका प्रमुख सुर्य प्रसाद दाहाललाई बुझाएको ज्ञापन पत्रमा स्व.सुनिलका परिवारको आर्थिक अवस्था  कमजोर रहेकाले उनका १ सन्तानलाई सम्बन्धीत सवारी धनिले उच्च शिक्षा पठनपाठन गर्ने वातावरण मिलाउन,स्व.सुनिलकी श्रीमती अपाङ्ग रहेकीले शिप र क्षमताको आधारमा रोजगारी सृजना गर्न,स्व. सुनिलका परिवारलाई उचित क्षेतीपुर्तिको व्यावस्था अथासिघ्र गर्न र दुर्घटनामा क्षती भएको सवारी साधनको मर्मत सम्भार सम्बन्धीत सवारी धनीले गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको योङ्ग कम्युनिष्ट लिग नेपाल(वाईसियल नेपाल) हरिवन नगर कमिटि अध्यक्ष राज लामाले बताउनु भयो ।
ना ७ ख ८३०० नम्बरुको टिपरका धनीले स्व. सुनिलको परिवारलाई उल्लेखित मागहरु पुरा गर्ने विषयमा आनाकानी गरि रहेको भन्दै आफुहरुको गंभिर ध्यानाकर्षण भएको योङ्ग कम्युनिष्ट लिग नेपाल(वाईसियल नेपाल) हरिवन नगर कमिटिका सचिव शेष इस्तिहारले बताउनु भयो । योङ्ग कम्युनिष्ट लिग नेपाल(वाईसियल नेपाल) सर्लाहीका अध्यक्ष नरेश ग्राङजाद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा आफुहरुका माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ । ज्ञापन पत्र बुझ्दै ईलाका प्रशासन कार्यालय हरिवनका कार्यालय प्रमुख दाहालले आफुले सरोकारवाला निकायमा अथासिघ्र सो विषयमा जानकारी गराउने बताउनु भयो ।
सो ज्ञापन पत्रमा जिल्ला प्रशासन काार्यलय सर्लाही,जिल्ला प्रहरी कार्यालय सर्लाही र ईलाका प्रहरी कार्यालय हरिवनलाई बोधार्थ गरिएको छ । ज्ञापन पत्र बुझाउने कार्यक्रममा योङ्ग कम्युनिष्ट लिग नेपाल(वाईसियल नेपाल) सर्लाही जिल्ला कमिटि र हरिवन नगर कमिटि लगायतका गरि करिब २० जनाको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार