समाजसेवी कार्कीको पहलमा रियाको आर्थिक शंकट टर्यो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-३-२४ गते   १५७० पटक हेरिएको

गणेश खड्का
सर्लाहीको हरिवन नगरपालिका ८ की एक छात्रालाई आर्थिक सहयोग प्राप्त भएको छ । हरिवन नगरपालिका १० स्थित रहेको चतुर्भुजेश्व जनता क्याम्पस सुखेपोखरीबाट कक्षा १२ उर्तिण गरेकी हरिवन नगरपालिका ८ की रिया थापा मगरलाई शैक्षिक योग्ताको प्रमाण पत्र निकाल्न आर्थिक शंकट परेको थाहा पाएपछि आर्थिक सहयोग गरिएको बागमती सेवा समाज नेपाल,हरिवनका अध्यक्ष एवम समाजसेवी भरत कुमार कार्कीले जानकारी दिए ।
समाजसेवी कार्कीले कक्षा १२ उर्तिण गरेकी छात्रा रियालाई आर्थिक शंकट परेका कारण विगत करिब २ वर्षदेखि उनको शैक्षिक योग्यताको प्रमाा पत्र विद्यालय मै थन्किएको थियो । जसका कारण उनलाई माथिल्लो तहमा अध्यायन गर्न समस्या भएको आफुले खबर गरेपछि छात्रा रियाको अभिभावकको  गुनासो सुनेपछि शैक्षिक प्रमाणपत्र निकाल्ने देखी लिएर उनलाई माथिल्लो तह अध्यनको लागि वातावरण  मिलाइ दिएका चतुर्भुजेश्व जनता क्याम्पस सुखेपोखरीका स्ववियु सभापति प्रेमराज दाहालले जानकारी दिए ।
शिक्षाबाट  कोहि  बन्चित नहुन र शिक्षामा  सबैको पहुँच पुगोस् भन्ने  राज्यको  नीति रहेको भएपनि धेरै गाउँघरमा अति  विपन्न परिवारमा यो समस्या निकै भयानक रुपमा रहेको छ ।  जसका कारण आफ्नो सानो सहयोगले कुनै व्यक्तिको भविष्य उज्वल बन्छ भने किन सहयोग नगर्ने भन्ने लागेर आफुले सकेको सहयोग गरेको बागमती सेवा समाज नेपाल,हरिवनका अध्यक्ष एवम समाजसेवी कार्कीले बताए ।
विभिन्न गैर सरकारी संघ÷संस्थाहरुको सञ्चालनमा विभिन्न किसिमका कार्यक्रमहरु गरि रहेका समाजसेवी कार्कीले विभिन्न समयमा व्यक्तिगत रुपमा केही न केही सहयोग गरि रहने गरेका छन् । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech