Close This

मृतकलाई राहत र घाइतेलाई उपचार खर्चको माग्दै प्रदर्शन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-८-४ गते   ३०४ पटक हेरिएको

सर्लाहीको पुनर्वासका स्थानीयले पूर्व–पश्चिम लोकमार्ग स्थित नवलपुरमा प्रदर्शन गरेका छन् । झण्डै एक महिनाअघि भएको सवारी दुर्घटनाको विषयलाई लिएर लालबन्दी नगरपालिका २ पुर्नवासका स्थानियले प्रदर्शन गरेका हुन ।
दशैँको टीकाको दिन नवलपुर चौकबाट केही दक्षिण पहिचान नभएको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा सवार पुनर्वासका चार युवक घाईते भएका थिए । त्यसमध्ये अंकुश पासवानको उपचारका क्रममा मृत्यु भएको थियो भने निशान्त पासवान र रितिक पासवानको अहिले काठमाण्डौंमा उपचार चलिरहेको छ । घाईते एक युवक उपचारपछि घर फर्किसकेका छन् । 
दुर्घटनाका मृतकलाई कानुन बमोजिम राहत रकम र घाईतेलाई उपचार खर्चको प्रवन्ध मिलाउन माग गर्दै उनिहरुले बिहिवार लोक मार्गमा १ घण्टा नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।  इलाका प्रहरी कार्यालय लालबन्दीले दुर्घटनामा संलग्न रहेको आशंकामा लालबन्दी नगरपालिका २ बाटै एउटा ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । ट्याक्टर चालकले आफूले दुर्घटना गराएको प्रहरी समक्ष स्वीकार गरेका भएपनि ट्याक्टरधनीले भने चालकले कसैको प्रभावमा परी दुर्घटना गराएको दिन घरमै रहेको ट्याक्टरले दुर्घटना गरायोे भनी गलत स्वीकार गरि रहेका दावी गर्दै आएका छन् । 
एउटै मोरसाईकलमा ४ जना सवार हुनु,मोरटसाईकलमा यात्रा गर्दा कसैले पनि होलमेट नलगाउनु, सम्बन्धीत सवारीका धनीले आफ्नो सवारी साधन दुर्घटनामा संग्लग्न छैन भन्नु सवारी चालकले दुर्घटना गराएको स्विकार गर्नु प्रति प्रहरी पनि आश्चर्यमा परेको छ ।  भने दुर्घटनामा संग्लग्न भनिएको सवारी साधन र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय लालबन्दीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech