Close This

करिब साँढे ४६ करोडमा सब–स्टेशन निर्माण सुरु,

रासस    प्रकाशित: २०७७-५-३० गते   २५५९ पटक हेरिएको

लालबन्दी नगरपालिका १ मा निर्माणधिन सब स्टेशन

 जिल्लामा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गर्न सब–स्टेशन निर्माण शुरु भएको छ । जिल्लाको लालबन्दी नगरपालिका  १ को नवलपुरमा १३२/३३ केभीए लाइनको लागि सब स्टेशनको निर्माण कार्य शुरु भएको हो ।
जिल्लामा बितरण गरिएको विद्युत् सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले सब–स्टेशन निर्माण कार्यलाई तिब्रता दिएको हो । नेपाल विद्युत् प्राधिकरणको करिब ४६ करोड ३६ लाखको लागतमा विद्युत् सब–स्टेशन निर्माण शुरु भएको हो । १८ महिनामा निर्माण सम्पन्न गर्ने गरि २०७५ पौष १३ बाट सब–स्टेशन निर्माण सुरु गरेको सब–स्टेशनका प्रमुख निरन्जन साहले जानकारी दिनु भयो ।

लक डाउनका कारण समयमै निर्माण सम्पन्न गर्न सक्ने अवस्था नदेखिएपछि ६ महिनाको समय थप  गरिएको छ । समयमै काम सकेर दशैँबाट नै विद्युत सेवा विस्तार गर्ने लक्ष्य लिएको भएपनि लकडाउनका कारण समस्या आएको प्रमुख साहले बताउनु भयो । 

सब–स्टेशन निर्माण सम्पन्न भएपछि हरिपुर, मलंगवाका सब–स्टेशनमा विद्युत सेवा प्रवाह गरिने र जिल्लामा विद्युत सम्बन्धी समस्या समाधान हुने प्रमुख साहले बताउनु भयो । जिल्लामा रहेका ३ वटा सब स्टेशन ३३/११ केभिएका मात्र  रहेका कारण विद्युत सम्बन्धी समस्या आएको थियो । अब यो सब स्टेशन बनेपछि त्यो समस्या समाधान हुने विश्वास लिईएको छ ।

अलिहे जिल्लामा रहेका ३ वटा सब स्टेशनले  धनुषाको ढल्केवर र रौतहटको चपुरको सब–स्टेशनबाट विद्युत ल्याउनु परि रहेको छ । 


 यसरी बाहिरबाट ल्याएको विद्युतले जिल्लाको आपुर्ति थाम्न नसकेको कार्यलय प्रमुख साहले बताउनु भयो । सो क्षेत्रबाट विद्युत ल्याउँदा जंगल क्षेत्र भएका कारण पनि सामान्य समस्या आएमा विद्युत घण्टौँ अवरुद्ध हुने गरेको समस्यालाई मध्य नजर गर्दै जिल्लामै सब–स्टेशन निर्माण सुरु गरिएको उहाँले बताउनु भयो ।


डेढ वर्षभित्र सम्पन्न गर्ने गरी पावाटेक र वाईवा (जेभि) निर्माण कम्पनीले निर्माणको जिम्मा लिएको छ ।जिल्लामा केन्द्रीय प्रशारण लाइनको पहुँच पु¥याउनका लागि सब–स्टेशन निर्माण सुरु भएको हो ।अहिले जिल्लामा ३३/११ केभिएका क्षमता रहेका सब स्टेशन छन। जसले जिल्लाको विद्युत भार थेग्न सकिरहेको छैन । सब स्टेशनका प्रमुख साहले बताउनु भयो । जिल्लामा उद्योग धन्दा तथा कलकारखानाहरु दिनप्रतिदिन खुल्ने क्रम बढेपछि विद्युत क्षमता विस्तारको अवस्थालाई मध्य नजर गर्दै जिल्लामा विशेष क्षमताको सब–स्टेशन निर्माण सुरु गरिएको विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख सुधिर कुमार रायले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech