यातायात व्यवस्था कार्यालय खुर्काेट सिन्धुलीले आर्थिक वर्ष २०८१/०८२ मा रु करिब साँढे आठ करोड राजश्व संकलन गरेको छ।२०८१ साउन देखि २०८२ असार मसान्त सम्ममा यातायात व्यवस्था कार्यालय खुर्काेट सिन्धुलीले रु आठ करोड ३५ लाख ११ हजार तीन सय दुई राजस्व संकलन गरिएको कार्यालय प्रमुख तारा किरण राईले जानकारी दिए ।
उनका अनुसार परीक्षा दस्तुर रु १५ लाख ९६ हजार,यातायात क्षेत्रको आम्दानी रु एक करोड नौ लाख ६९ हजार नौ सय ८५,सवारी चालक अनुमती पत्र र सवारी दर्ता किताब सम्बन्धी रु एक करोड १७ लाख ३८ हजार छ सय र सवारी साधन कर रु पाँच करोड ९२ लाख छ हजार सात सय १७ गरी कुल रु आठ करोड ३५ लाख ११ हजार तनि सय दुई राजश्व संकलन भएको हो ।
सो अवधिमा एक हजार ३७ वटा नयाँ सवारी चालक अनुमती पत्र,चार सय ४२ वर्ग थप,एक हजार दुई सय ७७ वटा सवारी चालक अनुमती पत्र नविकरण र १७ वटा सवारी चालक अनुमती पत्रको प्रतिलिपि वितरण गरिएको कार्यालयका सूचना अधिकारी सन्तोष कुमार शाहीले बताए।उनका अनुसार बस,मिनिबस/मिनिट्रक,कार/जिप/भ्यान,टोम्पो,मोटरसाईकल र पावर टेलर तथा ट्याक्टर गरी ८५ वटा सवारी साधन दर्ता भएका छन् ।
कार्यालयले तीन सय ८७ वटा बाटो इजाजत जारी गरेको छ भने दुई हजार पाँच सय २२ वटा बाटो इजाजत नविकरण,तीन हजार नौ सय ७६ वटा पटके बाटो इजाजत पत्र,चार सय ४२ वटा प्रदुषण परिक्षण र पाँच सय पाँच वटा सवारी जाँचपास गरेको कार्यालयले जनाएको छ ।
बागमती प्रदेशको सिन्धुली,रामेछाप,दोलखा र काभ्रेको पूर्वी भागका सेवाग्राहीहरुका लागि २०७९ जेठ २ गते स्थापना भएको कार्यालयले २०८०/०८१ मा रु सात करोड ७१ लाख ७० हजार चार सय ९६ राजश्व संकलन गरेको कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा ६३ लाख ४० हजार आड सय छ बढी राजश्व संकलन गरेको कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख गरिएको छ ।
आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष २०८१÷०८२ मा राजश्व बढ्नुमा बागमती प्रदेशले ल्याएको यातायात नीतिले सकारात्मक प्रभाव पारेको कार्यालयले जनाएको छ ।बागमती प्रदेशले अन्य प्रदेशको भन्दा फरक आफ्नो छुट्टै सफ्टवेयर प्रयोग गरेर बागमती प्रदेशमा दर्ता भएका सवारी साधनहरुको कर अन्यन्त्र तिर्न नमिल्ने बनाएपछि राजश्वमा केही बृद्धि भएको कार्यालयले जनाएको छ ।
कार्यालयको आफ्नै भवन नभएपनि सेवाग्राहीहरुलाई सेवा प्रावहमा सकेसम्म सहजता अपनाई रहेको कार्यालय प्रमुख राईले बताए।उनका अनुसार सरकारी,सार्वजनिक,भाडाका साथै निजी तर्फका ठूला,मझौला तथा साना सवारीसाधनको दर्ता,नविकरण तथा नामसारी र सबै प्रकारका सवारी चालक अनुमती पत्र जारी गरिएको साथै बाटो ईजाजत पत्र र पटके बाटो ईजाजत पत्र जारी गर्ने सम्मको काम कार्यालयले गरि रहेको छ ।