Close This

द्वन्द पिडित बाल गृहका बालबालिकालाई सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-११-१२ गते   ४७० पटक हेरिएको

चेम्बर अफ कमर्सद्वारा सर्लाहीको हरिवन नगरपालिका ५ मा रहेको द्वन्द पिडित बाल गृहका बालबालिकालाई सहयोग गरेको छ । चेम्बर अफ कमर्स हरिवनले द्वन्द पिडित बाल गृहका बालबालिकालाई ४८ थान बेडसिट,झुल र खाजा सहयोग गरेको हो । सामुहिकता, सुरक्षा , ब्यापारिक समान पहुच, ब्यापारिक समान व्यबहार,हातेमालो,सामुहिक छलफल जस्ता मुलमन्त्र र काम कर्तव्यबाट अबिचलित भएर हालसालै गठन भएको संस्थाले आगामी दिनमा पनि अरु भन्दा फरक बनेर सामाजिक तथा मानविय कार्यमा निरन्तरलागि रहने चेम्बर अफ कमर्स हरिवनका अध्यक्ष कृष्ण ओमपोतेले बताउनु भयो । रचनात्मक र सकारात्मक सोचका साथ ब्यापारी,व्यावसायिहरुलाई एकै छाता मुनि गोलबद्ध बनाई काम गर्ने उद्धेश्यका साथ गठन भएको संस्थाले पछिल्लो समयमा  निकै सामाजिक कामहरु गरि रहेको छ ।
२०७६ साल माघ ११ गते गठन भएको चेम्बर अफ कमर्स सर्लाहीले जिल्लाका व्यापारी व्यावसायीहरुलाई गोलबद्ध गर्दै लगेको चेम्बर अफ कमर्स सर्लाहीका अध्यक्ष रामभक्त प्रधानले बताउनुभयो । साना तथा ठुला व्यापारी गरि करिब ७ हजार भन्दा बढीकोे संख्यामा सर्लाही जिल्लामा व्यावसायीहरु रहेका छन । जस मध्य जिल्ला चेम्वर अफ कर्मसमा ५ हजार जना व्यापारी व्यावसायीहरुलाई आवद्ध गराउने आफुहरुको लक्ष्य रहेको  जिल्ला नेपाल चेम्वर अफ कर्मस सर्लाहीले जनाएको छ ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech