यातायात कार्यालय जनकपुर विचौलियाको अखडा,कमिसन असुलीमा कर्माचारीहरु समेत संग्लग्न रहेको आशंका,

542 Shares

यातायात व्यवस्था कार्यालय जनकपुरले आर्थिक वर्ष २०८०/०८१ मा रु ६३ करोड भन्दा बढी राजस्व संकलन भएको छ।यातायात व्यवस्था कार्यालय जनकपुरले आर्थिक वर्ष २०८०/०८१ मा रु ६३ करोड १५ लाख ३२ हजार राजश्व संकलन भएको कार्यालय प्रमुख विरेन्द्र साहले जानकारी दिए।उनका अनुसार चार हजार छ सय सात पिएमए,तीन हजार पाँच सय सवारी बिमा,१७ हजार चार सय ७९ वटा सवारी चालक अनुमती पत्र(लाईसेन्स) वितरण गर्दा आर्थिक वर्ष २०८०/०८१ मा रु ६३ करोड १५ लाख ३२ हजार राजश्व संकलन भएको हो ।
सवारी करवापत रु ४३  करोड ३३ लाख ५८ हजार दुई सय पाँच,सवारी दर्ता किताब दस्तुर वापत रु १० करोड ५७ लाख २८ हजार  नौ सय १०,सवारी चालक अनुमती पत्र वापत रु आठ करोड ४३ लाख २६ हजार पाँच सय,पटके वापत रु ३७ लाख ६५ हजार सात सय ६०,रुट परमिट वापत रु ४१ लाख ६८ हजार छ सय ४० र अन्य रु चार हजार चार सय गरी कुल रु ६३ करोड १५ लाख ३२ हजार राजश्व संकलन भएको कार्यालयका सूचना अधिकारी शन्नी आनन्द झाले जानकारी दिए।उनका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा आयकर एक करोड २३ लाख ३३ हजार एक सय ८० र सडक दस्तुर पाँच लाख ५२ हजार चार सय ३१ रहेको छ ।
आर्थिक वर्ष २०८०/०८१ को पहिलो साउन महिनामा रु छ करोड ७५ लाख पाँच हजार,भदौमा रु चार करोड ३१ लाख ४५ हजार,असोजमा रु चार करोड ७३ लाख ६३ हजार,कार्तिकमा रु तीन करोड २६ लाख ८५ हजार,मंसिरमा रु पाँच करोड नौ लाख २५ हजार,पुषमा रु चार करोड ५६ लाख ८७ हजार,माघमा रु पाँच करोड २६ लाख नौ हजार,फागुनमा रु पाँच करोड ४७ लाख ९३ हजार,चैत्रमा रु १२ करोड ४७ लाख ५४ हजार,बैशाखमा रु तीन करोड ६४ लाख ६६ हजार,जेठमा रु तीन करोड ९२ लाख १६ हजार र आर्थिक वर्ष २०८०/०८१ को अन्तिम महिना असारमा रु चार करोड ५४ लाख ७४ हजार गरी कुल रु ६३ करोड १५ लाख ३२ हजार राजश्व संकलन गरेको कार्यालयले जनाएको छ ।
मधेश प्रदेशका सबै आठै वटा जिल्लाहरुमा यातायात कार्यालय स्थापना भएपछि यातायात कार्यालय जनकपुरमा करिब ८० प्रतिशत सेवाग्राही घटेका कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ।मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० मा सवारी कर जरिवाना छुट दिएका कारण राजश्वमा बृद्धि भएको भएपनि आर्थिक वर्ष २०८०/०८१ मा सवारी कर छुट नदिनु र मधेश प्रदेशका सबै जिल्लामा यातायात कार्यालय स्थापना गरिनुले पनि राजश्व केही घटेको देखिएको तर अनुपातमा त्यस्तो नभएको कार्यालयका सूचना अधिकारी झाले बताए ।
सोही क्रममा यातायात कार्यालय जनकपुरमा चार सय भन्दा बढी विचौलियाहरु छन् भन्ने सुनिन्छ हो?भन्ने कमलामाई मिडिया प्रा.लि.को प्रश्नमा सूचना अधिकारी झाले सेवाग्राहीहरुको सेवा प्रवाहमा सहजता प्रदान गर्नका लागि विचौलिया खटिएका स्वीकार गरे।उनले यातायात कार्यालयको प्रणालीले नै विचौलिया प्रयोग गर्न बाध्य बनाएको समेत बताए ।
यातायात कार्यालय जनकपुरका हरेक शाखामा विचौलिया पुग्ने गरेका बाहिर चर्चा हुने गरेको छ?भन्ने कमलामाई मिडिया प्रा.लि.को प्रश्नमा विभागले अनलाईन प्रणालीमा काम गर्ने गरेका कारण पनि सेवाग्राहीहरुले सिधैँ आएर सेवा लिन सक्ने अवस्था नरहेको साथै छिटो काम होस भन्नका लागि पनि विचौलियाले सहजीकरण गर्ने गरेका सूचना झाले बताए ।
विचौलिया मार्फत कमिसन असुल्ने काम हुन्छ की हुँदैन् ?भन्ने कमलामाई मिडिया प्रा.लि.को प्रश्नमा सूचना अधिकारी झाले त्यो विषयमा आफुलाई जानकारी नभएको बताए ।उनले सवारी दर्ता किताब नविकरण गर्दा सवारी बिमा नगरेकाहरुको पनि काम गरि दिने गरेको स्वीकार गरे ।

सम्बन्धित समाचार