बागमतीका नगर प्रमुख थापाको नाममा बायोपिक फिल्म“मेयर” बनाउने

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-८-४ गते   ८८ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख थापा र फिल्म निर्देशक दीपेन्द्र के खनाल

सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाको सम्झनामा दीपेन्द्र के खनाल निर्देशक भएर “मेयर”नामको फिल्म निर्माण हुने भएको छ । बागमती नगरपालिकाका नगर प्रमुख  थापाको विषयलाई समेटेर “मेयर”नामको फिल्म निर्माण हुने भएको हो ।सुशासन र पर्यटन क्षेत्रमा गरेको कामबाट प्रशंसा पाइरहेका बागमती नगरपालिकाका नगर प्रमुख थापामाथि दीपेन्द्रले फिल्म“मेयर”बनाउन लागेका हुन् । दीपेन्द्रले यो फिल्मको छायांकन माघबाट सर्लाहीमै हुने बताए ।गत वर्ष भएको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट बागमती नगरपालिकाको दोस्रो कार्याकालका लागि थापा नगर प्रमुखमा निर्वाचित भएका छन् । 
पहिलो कार्यकालमा नगर प्रमुख थापाले नगरपालिकालाई पर्यटकीय नगरीको रुपमा विकास गर्न भूमिका खेलेका थिए ।जस अनुसार दक्षिण यसिया कै सबै भन्दा ठुलो मानव निर्मिता बागमती माछा पोखरी(भरत ताल) निर्माणाधिन अवस्थामा रहेको छ । पर्यटकीय क्षेत्रको विकास गर्दै  स्थानीय बेरोजगार युवाहरुलाई गाउँ मै रोजगारी सृजना गर्दै नगरको आन्तरीक आय स्रोत गर्ने उद्धेश्यका दक्षिण यसिया कै सबै भन्दा ठुलो मानव निर्मिता बागमती माछा पोखरी(भरत ताल) निर्माणाधिन अवस्थामा रहेको छ ।आफूले पर्यटकीय नगरीको रुपमा विकास गर्न चालेका सबै कदम अबको करिब तीन वर्षमा पूरा भएपछि कम्तीमा २० हजार जनाले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाउने बागमती नगरपालिकाका नगर प्रमुख थापाको दाबी छ ।उनले गरेको कामले नै उनलाई सर्वसाधारणले विश्वास गरेको छन् ।
बागमती नगरपालिकाका नगर प्रमुख थापाका स्वकीय सचिव सागर मैनाली र अरविसा थापाले यो फिल्मलाई निर्माण गर्न लागेका हुन् ।निर्देशक खनालले यसलाई बायोपिक फिल्म बताए । “यो फिल्म लगभग बायोपिक हो,”खनालले भने, “माघदेखि सुटिङमा जाने तयारीमा जुटेका छौं ।”फिल्ममा अहिलेसम्म अभिनेता प्रकाश घिमिरे मात्र फाइनल छन् ।तर उनी भीरबाट लडेर घाइते भएपछि अस्पतालमा उपचाररत छन् ।नगर प्रमुख थापाको भूमिकामा कसले अभिनय गर्छ भन्ने निधो चाहिं केही दिनमा टुंगो लाग्ने निर्देशक खनालले बताए । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech