भारतीय सवारी साधनहरुको नियमन नहुँदा दुर्घटना बढेको जानकारहरुको भनाई

348 Shares

सर्लाहीसहित मधेशका जिल्लामा नेपाली नम्बर प्लेटको तुलनामा भारतीय नम्बर प्लेटका सवराी साधनहरु बढी सञ्चालन भइरहेका छन्।यहाँका जिल्ला सदरमुकाम मै अत्यधिक रूपमा भारतीय नम्बरका सवारी साधनहरुको प्रयोग हुने गरेको छ।सीमावर्ती क्षेत्रका हाटबजार र गाउँमा नेपाली नम्बर प्लेटका कार,जिप तथा मोटरसाइकल देख्नै मुस्किल पर्छ। तराईमा भारतीय सवारीको बढ्दो प्रयोगले राजस्व संकलनमा कमी मात्रै आएको छैन।ती सवारी साधनहरुका कागजात नै नहुने र धनीको कुनै पनि निकायमा अभिलेख समेत नहुँदा दुर्घटना गराएर फरार भए अनुसन्धानमै समस्या उत्पन्न हुने गरेको प्रहरी स्रोतको दाबी छ। जिल्लाको मलंगवा,बलरा,गोडैता,कौडेना,हरिपूर्वा,ब्रम्हपुरी र पर्सालगायत सीमावर्ती स्थानीय तहहरुका अधिकांश स्थानीय बासिन्दाले भारतीय नम्बर प्लेटका सवारी साधनहरुको प्रयोग गर्छन्। भन्सार नबुझाइ भारतीय नम्बरका सवारी साधनहरु सस्तो मूल्यमा पाइने भएकाले सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दाले भारतबाटै सवारी साधनहरु खरिद गरेर ल्याउने गरेका छन्।कतिपयले भारतीयसँग पुराना सवारी साधनहरु खरिद गरेर बिना कागजात र भन्सार नबुझाइ सञ्चालन गर्ने गरेका भएपनि सरोकारवाला निकाय कानमा तेल हालेर बसेको स्थानीय जानकारहरु बताउँछन् ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयका साथै भन्सार कार्यालयहरुले तराई क्षेत्रमा भारतीय नम्बर प्लेटका सवारी साधनहरु सञ्चालनमा कडाइ गर्नुपर्नेमा मौन देखिँदा भारतिय नम्बर प्लेटका सवारी साधनहरुको प्रयोगबाट अपराधिक गतिविधिहरु समेत हुने गरेका छन् ।
जिल्लाका कतिपय सरकारी कर्माचारीहरुका साथै विशिष्ठ व्यक्तिहरूले नै भारतीय नम्बरका सवारी साधनहरुको प्रयोग गर्ने गरेकाले ती सवारीलाई भन्सार बुझाइ नियमानुसार सञ्चालनमा ल्याउन समस्या परि रहेको भन्सार स्रोतको भनाई छ ।भारतीय नम्बरका सवारी साधनहरुले दुर्घटना गराएर फरार भए पव्रmाउ गर्न असाध्य मुस्किल पर्ने गरेको प्रहरीको भनाई छ ।नेपाली सवारी साधनहरु भए नम्बर प्लेटका आधारमा सवारी धनी पहिचान गरी पक्राउ गर्न सहज हुन्छ तर भारतीय सवारी साधनहरु यदि दुर्घटना गराएर फरार भए कहीँकतै अभिलेख नहुने भएकाले सवारीधनी नै पत्ता नलाग्ने प्रहरीके भनाई छ ।
 यो अवस्थामा घाइतेलाई उपचारको प्रबन्ध मिलाउन तथा मृत्यु भइहाले क्षतिपूर्ति रकम दिलाउन असाध्य अप्ठ्यारो हुने प्रहरीको भनाई छ ।भारतिय नम्बर प्लेटका सवारी साधनहरुले सामान्य ट्राफिक नियमसमेत पालना नगर्ने गरेका ट्राफिक प्रहरीको भनाई छ ।अधिकांश चालकले हेल्मेट नै नलगाइ मोटरसाइकल चलाउने,तीन जना चढ्ने साथै भारतको विहार राज्यमा मदिरा निषेध रहेकाले माद्यक पदार्थ खाएरपनि सवारी साधनहरु चलाउने गर्दा दुर्घटना बढ्ने गरेको ट्राफिक प्रहरीको भनाई छ ।
चोरीका तथा सीमापारिबाट सस्तो मूल्यमा ल्याइएका भारतीय मोटरसाइकल तथा सवारी साधनहरुमाथि प्रहरी प्रशासनले नियमन नबढाए जनधनको क्षति बढ्दै जाने स्थानीयको चिन्ता छ ।भन्सार नतिरेका र कुनै कागजात नभएका भारतीय मोटरसाइकल तथा सवारी साधनहरु लापरबाही ढंगले खुलेआम सञ्चालन हुँन दिँदा लागुऔषध दुव्र्यसनी,अपराधिक गतिविधिहरुका साथै दुर्घटना बढ्ने गरेका स्थानीय जानकारहरुको भनाई छ ।

सम्बन्धित समाचार