सर्लाही क्षेत्र नम्बर ४ मा सिंहको पुनःजीत,बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवार राय करिब २ हजार मतले पराजीत

1.3k Shares

सर्लाही क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवार डा.अमरेश कुमार सिंह विजयी हुनु भएको छ ।नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिनु भएका सिंहले २० हजार १७ मत ल्याई जीत निकाल्नु भएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।
सर्लाही क्षेत्र नम्बर ४ कै निवर्तमान प्रतिनिधि सभा सदस्य समेत रहनुभएका सिंहले निकट्तम प्रतिष्पर्धी नेपाली कांग्रेसका नागेन्द्र रायलाई १ हजार ७ सय ६५ मतान्तरका साथ पराजीत गर्नु भएको  मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको  छ । रायले १८ हजार २ सय ५२ मत ल्याउनु भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिंहले स्वतन्त्रबाट माछा चुनाव चिन्ह लिएर निर्वाचनमा होमिनु भएको थियो । उहाँसंग अर्की स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले १४ हजार ६ सय २२ मत ल्याउनु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेसको विधि विधान अनुसार उम्मेदवार बन्न अयोग्य रहेको बताईएका सिंहले स्वतन्त्रबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिई  पुन ः विजयी हुनु भएको हो ।

सम्बन्धित समाचार