Close This

सर्लाहीका युवा रौतहटबाट अवैध ४० किलो चाँदीसहित पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-५ गते   २९८८ पटक हेरिएको

सर्लाहीको मलंगवा नगरपालिका २ का ३५ वर्षीय युवा रौतहटबाट अवैध ४० किलो चाँदीसहित पक्राउ परेका छन् । सर्लाहीको मलंगवा नगरपालिका २ का  बिध्यानन्द साह (सोनार)लाई अवैध ४० किलो चाँदी सहित रौतहट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जाकनारी दिएको छ ।
अस्थायी प्रहरी चौकी बसपार्कका प्रहरी सहायक निरीक्षक बडाबाबु प्रसाद यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले शंकालागि चेकजाँच गर्ने क्रममा २ वटा कालो झोलामा ल्याईएको २०÷२० किलो चाँदीसहित साहलाई पक्राउ गरेको हो ।
काठमाडौँबाट गौर आएको ज्वाला डिलक्समा शंका लागेर चेक जांच गर्दा बसबाट बाहिर झरेका साहलाई दुईवटा पोका बनाई ल्याएको ४० किलो चाँदी सहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिनोद घिमिरेले जानकारी दिनु भयो । चाँदीसहित पक्राउ परेका साहलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको  प्रहरी प्रमुख प्रहरी उपरिक्षक घिमिरेले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech