नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिष्ट लीग (वाइसीएल) नेपाल सिन्धुलीले जिल्लाको कमलामाई नगर सम्मेलन सम्पन्न गरेको छ । वाईसीएल कमलामाई नगर कमिटिको सिन्धुलीमाढीमा आज(मंगलबार) सम्मेलन सम्पन्न भएको वाइसीएल केन्द्रिय सदस्य तथा सिन्धुली ईन्चार्ज राजकुमार श्रेष्ठले जानकारी दिनु भयो ।
वाइसीएल कमलामाई नगरपालिका अध्यक्ष किरण राज लामाको अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा सिन्धुली जिल्ला ईन्चार्ज राजन दाहाल(लेखनाथ)को प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनमा विभिन्न संगठन परित्याग गरि एक सय पचास भन्दा बढी युवाहरू वाइसीएल नेपालमा प्रवेश गरेका छन् । नव प्रवेशी युवाहरूलाई पार्टीका इन्चार्ज दाहाल, जिल्ला संयोजक राम कुमार पौडेल लगाएतले स्वागत गर्नुभएको वाईसीएल नेपाल सिन्धुली जिल्ला अध्यक्ष भुल बहादुर राना मगर(अविरल) ले जानकारी दिनु भयो ।
यस्तै, योङ्ग कम्युनिस्ट लीग नेपाल (वाईसिएल) कमलामाई नगर सम्मेलनले ४३ सदस्यीय नगर कार्यसमिति गठन गरेको छ । विर्ख बहादुर बम्जनको अध्यक्षतामा ४३ सदस्यीय वाईसीएफ नेपाल कमलामाई नगर कमिटि गठन गरिएको आयोजकले बताएको छ । उपाध्यक्षमा पवन रोका, प्रेम बहादुर श्रेष्ठ, सचिवमा सुबास थापा, सहसचिवमा ध्रुव ढकाल, संन्जिव बिसुन्खे, कोषाध्यक्षमा नम्रता पौडेल लगाएत ४३ सदस्यीय नगर कार्यसमिति गठन गरिएको नगर कमिटिका सचिव थापाले जानकारी दिनु भयो ।
कार्यक्रममा माओवादी केन्द्र सिन्धुलीका संयोजक पौडेल, जिल्ला नेता तथा स्कुल बिभाग प्रमुख ज्वाला न्यौपाने(पुकार),जिल्ला नेताहरु अशोक पुलामी, प्रख्यात मोक्तान, बसन्त भट्टराई, यमकुमार देबकोटा, वाइसीएल केन्द्रिय सदस्य सिन्धुलीका ईन्चार्ज श्रेष्ठ, संगठन प्रमुख गणेश रत्न, वाईसीएल जिल्ला अध्यक्ष अविरल , विद्यार्थी फ्याक्सन ईन्चार्ज हेम कार्की(प्रकाश), कमलमाई नगर ईन्चार्ज बिश्वज्योती थापा, अखिल क्रान्तिकारी सिन्धुलीका अध्यक्ष भानुभक्त श्रेष्ठ लागाएतको सहभागिता रहेको विद्यार्थी फ्याक्सन ईन्चार्ज प्रकाशले जानकारी दिनु भयो ।