Close This

सर्वाेच्चको निर्णयले निर्वाचन रोकिदैन ः उप प्रधानमन्त्री पोख्रेल

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-२८ गते   ३३४ पटक हेरिएको

 नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सचिवालय सदस्य तथा उप प्रधानमन्त्री इश्वर पोख्रेलले नेकपा नफुटेको बताउनु भयो । नेकपा सर्लाहीले आयोजना गरेको सर्लाही सदरमुकाम मलंगवाको सभालाई सम्बोधन गर्न सर्लाही आउनु भएका उप प्रधानमन्त्री पोख्रेलले सर्लाहीमा पत्रकारहरुसंग नेकपा नफुटेको बताउनु भएको हो ।
प्रेस संगठन नेपाल सर्लाहीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा  उहाँले आफुहरुले वर्तमान राजनैतिक घटनाक्रम जनतालाई बुझाउन अभियान थालेको बताउँदै एकताको सुरुबाटै केही समस्या देखिएको र अहिले सो समस्या सतही रुपमा मैदानमा देखा परेको बताउनु भयो । उहाँले नेकपाका द्धितिय अध्यक्ष अहिले पनि पुष्पकमल दाहाल(प्रचण्ड) नै रहेको र उहाँको अवसारवादी,अन्तरविरोधी तथा तरंगमा रमाउने बानीका कारण नेकपामा अहिलेको समस्या देखा परेको बताउनु भयो ।
एकताको क्रममा भएका सहमती विरुद्ध प्रचण्ड र माधव नेपाल लागेको बताउँदै प्रचण्डले अवसरको सदुपयोग गरेको उप प्रधानमन्त्री पोख्रेलको भनाई छ ।  एकताको क्रममा घोषणा पत्र साझा बनाउने,उम्मेदवार साझा बनाउने र चुनाव चिन्ह साझा बनाउने सहमती भएपनि प्रचण्डले त्यसलाई अस्विकार गरेको पोख्रेलले बताउनु भयो । 
साथै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जान प्रतिनिधि सभा विघटन गरेको बताउँदै पार्टी कानूनी रुपमा नफुटेको र निर्वाचन भएरै छाड्ने बताउनु भयो ।  सर्वाेच्चको निर्णय नआउँदा सम्म निर्वाचन हुने सम्भावन छ ? भन्ने पत्रकारहरुको प्रसंगमा मन्त्री पोख्रेलले सर्वाेच्चको निर्णयले पनिर्वाचन नरोकिनेर निर्वाचन भएरै छाड्ने बताउनु भयो । उहाँले आफुहरु ताजा जनादेश ल्याउन बैशाखमा निर्वाचन गराएरै छाड्ने तयारीमा लागि सकेको पनि मन्त्री पोख्रेलले बताउनु भयो ।  राजनैतिक जटिलता सृजना गर्ने भ्रुण जिवितै रहेका कारण निर्धारीत समय अगावै निर्वाचन गर्नु पर्ने बाध्यतामा नेकपा सरकार रहेको उहाँको भनार्ई छ । उहाँले एकताको क्रममा केही राँटाहरु बाँकी बसेका र अहिले त्यहाँ काँडाधारी झारबुट्टाहरु उर्मिएको पनि बताउनु भयो । 
नेकपा जिल्ला कमिटि सर्लाहीको सभालाई समबोधन गर्नु पुर्व सर्लाहीको बागमती नगरपालिका ३ को नयाँ रोडमा रहेको सिता पार्टी प्यालेसमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताउनु भएको हो । साथै आजै दिउँसो उहाँले नेकपा सर्लाहीले आयोजना गरेको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाका केन्द्रीय सदस्य तथा हरिवन नगरपालिकाका नगर  प्रमुख गणेश प्रसाद प्रसाईले बताउनु भयो । उहाँको साथमा कानुन मन्त्री लिलानाथ श्रेष्ठ र शहरी विकास मन्त्री प्रभु साह,नेकपा प्रदेश २ का संयोजक सत्यनारायण मण्डलले समेत सभालाई सम्बोधन गर्नु हुने नेकपाका युवा नेता श्रीकृष्ण उप्रेतीले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech