सर्लाहीको बागमती र ब्रम्हपुरीका विभिन्न स्थानमा भएको आगलागिबाट करिब तीन लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।बागमती नगरपालिका १२ स्थित बथानेमो विमाया विश्वकर्माको फुसको दुई कोठे घरमा विद्युुत सट भई अचानक आगोलागी हुँदा मानविय तथा पशु चौपायाको क्षेती नभएको भएपनि घर पुर्ण रुपमा जलेर घर भित्र रहेको लत्ता कपडा र खाद्यान्न गरी करिब रु दसई लाख बराबरको क्षेती भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।उनका अनुसार ईलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलीका साथै स्थानिय र दमकलको सहयोगमा आगलागि नियन्त्रणमा आएको हो ।
त्यस्तै ब्रम्हपुरी गाउँपालिका १ का बिकाउ अन्सारीको जस्ताले छाएको पक्कि घरमा ग्याँस सिलिण्डर पड्कीँदा आगलागि भएको छ।आगलागिबाट मानवीय क्षेती नभएको भएपनि नगद,इलेक्ट्रिकल सामानहरुका साथै २० वटा कुखुरा जलेर नष्ट हुँदा करिब ९३ हजार पाँच सय बराबरको क्षेत्री भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक श्रेष्ठले जानकारी दिए।लामो समयपछि पानी परेपनि चर्काे गर्मीका कारण आगलागिका घटनाहरु भईरहेका छन् ।