सर्लाही १ मा २ निवर्तमान प्रतिनिधि सभा सदस्यहरु फेरी आम्ने साम्ने हुँदै

317 Shares

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर १ बाट निवर्तमान मन्त्री एवम नेपाली कांग्रेसका कन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ र निवर्तमान प्रतिनिधि सभा सदस्य एवम नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य प्रमोद साहले टिकट पाएपछि कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।
फरक फरक समयमा एउटै क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित भएका श्रेष्ठ र साहको उम्मेदवारी टुङ्गो लागेसंग सर्लाही क्षेत्र नम्बर १ लाई निकै रोचक रुपमा हेर्न थालिएको छ ।त्यस्तै नेकपा(एमाले)का नेता एवम इश्वरपुर नगरपालिकाका निवर्तमान नगर प्रमुख मनोज कुमार देवकोटालाई उम्मेदवार बनाएको छ।उनीपनि उत्त क्षेत्रमा लोकप्रिय नेताको रुपमा परिचित छन् ।

सम्बन्धित समाचार