४० हजार घुस सहित सशस्त्र प्रहरी निरीक्षक अधिकारी पक्राउ

174 Shares

धनुषाको लालगढबाट सशस्त्र प्रहरी निरीक्षकलाई घुस रकम सहित अख्तियारले नियन्त्रणमा लिएको छ।कमला–ढल्केवर–बागमती सडक निर्माण खण्ड अन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने,अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने गरेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले निगरानी गर्दा रु ४० हजार घुससहित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश नक्टाझिज धनुषामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारीलाई पक्राउ गरेको हो ।
अख्तियारको टोलीले सशस्त्र प्रहरी निरीक्षक अधिकारीलाई धनुषाको लालगढबाट घुससहित पक्राउ गरेको हो ।उनीमाथि थप अनुसन्धान सुरु भएको अख्तियारले जनाएको छ ।पछिल्लो समय पूर्व पश्चीम राजमार्ग स्तरोउन्नतीको काम भई रहेको र  त्यस कार्यबाट सुरक्षाकर्मीहरुले आर्थिक लाभ लिनुका साथै इन्धन लिने गरेका स्रोतको दाबी छ ।

सम्बन्धित समाचार