सरकारी अर्थतन्त्र सुदृढिकरण अभियानलाई धोती लगाउदै नेपाल–भारत सिमा क्षेत्रबाट सम्बद्ध निकायकै संरक्षणमा अवैध ओसार पोसार (तस्करी) भइरहेको पाइएको छ।एका तिर सरकारले अर्थतन्त्र सुदृढिकरणका लागी राजश्व संकलनमा विशेष जोड दिइरहेको बेला सिमावर्ती क्षेत्रबाट भने दैनिक करोडौं राजश्व चुहावट हुने गरी तस्करी कार्यले निरन्तरता पाइरहेको भएपनि सम्बध निकाय मौन देखिँदा उनीहरुकै संरक्षण मै तस्करी र भन्सार छली भई रहेको सहजै आंकलन गर्न सकिन्छ ।
पछिल्लो केही समय देखि मधेश प्रदेशका आठै जिल्ला स्थित सिमावर्ती क्षेत्रहरुबाट अवैध रुपले भन्सार छली कपडा,काजु,किसमिस,मोटरपार्टस,चिनी,आलु,प्याजका साथै सुर्तिजन्य पदार्थ साथै किरानाका सामानहरु निर्वाध रुपमा नेपाली बजारमा आउने गरेको पाइएको छ ।
मधेश प्रदेशको पुर्वमा कोसीको सिमाना सप्तरी देखि पश्चीममा मकवानपुरको सिमाना पर्सा सम्मका सिमानाकाहरुबाट अवैध तरिकाबाट भन्सार छली कपडा,काजु,किसमिस,मोटरपार्टस,चिनी,आलु,प्याजका साथै सुर्तिजन्य पदार्र्थ साथै किरानाका सामानहरु निर्वाध रुपमा नेपाली बजारमा आउँदा देशको अर्थतन्त्रको अर्काे मेरुदण्ड राजश्व संकलनलाई नराम्रो प्रभाव परेको जानकारहरु बताउँछन् ।
यसरी नेपाली तथा भारतिय व्यापारीहरुले अवैध तरिकाबाट भन्सार छली भित्र्याएको कपडा,काजु,किसमिस,मोटरपार्टस,चिनी,आलु,प्याजका साथै सुर्तिजन्य पदार्थहरु साथै किरानाका सामानहरु काठमाण्डौँ,पोखराका साथै हिमाली जिल्ला दोलखा सम्म पुग्ने गरेको भएपनि सिमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरु कमिसन असुलीमा चुर्लुम्बु डुबेका पाइएको हो।राष्ट्रको नियमानुसार राष्ट्रको हितमा काम गर्ने भन्दै कसम खाएर जागिर खाएका सुरक्षाकर्मीहरु सिमा क्षेत्रमा सरुवा मिलाउन ठूलो रकम कमिसन दिएर आउने गरेका समेत पाइएको छ ।
जसका कारण उनीहरुले आफुले दिएको कमिसन उपरका साथै बोर्डरमा सरुवा भएर जाँदा थप कमाउने काममा लाग्दा सिमा क्षेत्रबाट कपडा,काजु,किसमिस,मोटरपार्टस,चिनी,आलु,प्याजका साथै सुर्तिजन्य पदार्थहरुका साथै किरानाका सामानहरु तस्करी तथा भन्सार छली भई रहेको छ,भने सम्बन्धीत काम गर्नका लागि भन्दै स्थापना गरिएका भन्सार कार्यालयहरुका कर्माचारीहरु समेत यस्तै काममा संग्लग्न हुने गरेका पाइएको छ।जसका कारण राज्यको राजश्वको लक्ष्य पुरा गर्न समस्या भएको समेत जानकारहरु बताउँछन् ।
मधेश प्रदेशका भन्सार कार्यालयबाट जांचपास गराइए पनि कोईला भित्र चामल,चिनी,सुर्तिजन्य पदार्थहरुका साथै किरानाका सामानहरु समेत भन्सार छली अवैध तरिकाबाट नेपाली बजारमा आउने गरेका पाएको छ । मधेश प्रदेशको सप्तरी,सिरहा,धनुषा,महोत्तरी,सर्लाही,रौतहट,बारा र पर्सा सिमा नाकाबाट अवैध रुपले भन्सार छली भित्रिएका कपडाहरु दैनिक दर्जानौँ ट्रकहरुमा काठमाण्डौं भित्रिने गरेका एक व्यापारीले बताए।भन्सार जांचपास गराउदा एक गांठ कपडा रु. ४० देखि ८० हजार लागतमा काठमाण्डौं पु¥याउन सकिन्छ।तर तस्करहरुले उक्त कपडाका गांठहरु रु. १५ देखि २५ हजार सम्ममा मात्र काठमाण्डौं पु¥याइ दिने गरेका कारण भन्सार तिरेर कानुनी रुपमा कारोवार गर्नेहरुको व्यापार ठप्प भएको व्यवसायीहरुको गुनासो छ ।
मधेश प्रदेशका जिल्लाहरुमा रहेका जिल्ला प्रहरी कार्यालयहरुले कमिसन असुल्नका लागि गृह मन्त्रालयको नियम विपरित सादा पोशाकमा घुमुवा राखेर चर्काे कमिसन असुली रहेका छन् । भने काम देखाउनका लागि घुमुवाहरुले राजश्व तिरेर भित्रियाएका मालसामान नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालयमा बुझाएर मिडियाबाजी गर्न तर्फ अग्रसर देखिएका छन भने सिमावर्ती क्षेत्रबाट अवैध रुपमा भन्सार छली भित्रियाइएका मालसामानहरु बेला बखतमा सिमा क्षेत्र भन्दा भित्रि स्थानहरुमा विभिन्न ट्रान्सपोर्टहरुको गोदाम तथा काठमाण्डौं छेउछाउबाट पक्राउ पर्नुले पनि सिमा क्षेत्रबाट अवैध रुपमा ओसार पोसार भइ रहेको प्रष्ट हुन्छ ।