नेपाल कम्युनिष्ट पार्टीले बनायो ३ सदस्यीय वार्ता टोली,माओवादी केन्द्र सहित कम्युनिस्ट पार्टीहरुसँग एकता गरिने

452 Shares

नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहले नेकपा(माओवादी केन्द्र) सहितका कम्युनिस्ट पार्टीहरुसँग एकता गर्नका लागि वार्ता टोली गठन गरेको छ।केन्द्रीय कार्यालय कपिलवस्तुमा भदौ २३ देखि २५ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले प्रवक्ता खड्ग बहादुर विश्वकर्मा(प्रकाण्ड)को नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरिएको नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार वार्ता टोलीमा अनिल शर्मा(विरही) र कर्णजित बुढाथोकी सदस्य रहेका छन्।जसले एकता र ध्रुवीकरणबारे छलफल गर्ने छन्।“माओवादी केन्द्र लगायत कम्युनिस्ट पार्टीहरुसँग एकता र ध्रुविकरणबारे छलफल गर्न अहिलेलाई तीन सदस्य वार्ता टोली बनाइएको छ।”नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका स्थायी कमिटि सदस्य एवम वार्ता टोलीका सदस्य अनिलले बताए ।साउन १९ गते सम्पन्न माओवादी केन्द्रको स्थायी समिति बैठकले नेपाल कम्युनिष्ट पार्टी विप्लव समुह लगायत कम्युनिस्ट पार्टीहरूसँग एकता गर्ने निर्णय गरि सकेको थियो । 

सम्बन्धित समाचार