सर्लाहीको मलंगवा नगरपालिका ४ स्थित शिवसागर चोकमा रहेको एक प्लाई उद्योगमा आगलागी हुँदा ठूलो क्षेती भएको छ।मलंगवा नगरपालिका ४ शिवसागर चोकमा नागेश्वर राय यादवले सञ्चालन गरेको नेपाल भेनियर प्लाई उद्योगमा शनिबार करिब ४ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आगलागीबाट प्लाई उत्पादन हुने मुख्य बोइलर मेसिन पूर्णरुपमा क्षतिग्रस्त हुँदा अन्दाजी रु एक करोडको क्षति भएको छ ।आगलागीबाट उद्योग बन्द भएपछि दुई सय मजदुर रोजगारीबाट बञ्चित भएका उद्योगका सञ्चालक यादवले बताए।उनका अनुसार आगलागी लगत्तै ठूलो संख्यामा नेपाल प्रहरी,नेपाली सेना र सशस्त्र प्रहरीका साथमा मलंगवा नगरपालिकाको दमकलको सहयोगमा करिब दुई घण्टापछि आगलागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।