सर्लाहीको विष्णु गाउँपालिका १ का चिसो प्रभावित ६१ परिवारलाई राहत स्वरुप फाइबर सिरक वितरण गरिएकोे छ।बढ्दो चिसोबाट प्रभावित बनेका अतिविपन्न तथा दलित परिवार छनौट गरी ६१ घरधुरीलाई जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले एक÷एक थान फाइबर सिरक वितरण गरेको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ सहित जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक रविन्द्र बहादुर सिंह र विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल राय यादवको विशेष उपस्थितिमा चिसोले कठ्यांग्रिएका ६१ परिवारलाई फाइबर सिरक वितरण गरिएको जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीका सूचना अधिकारी एवम सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले जानकारी दिए ।