तस्करी तथा भन्सार छलिमा सशस्त्र प्रहरी सर्लाहीको मिलेमताे रहेकाे आराेप

594 Shares

सर्लाहीमा तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा सशस्त्र प्रहरीका दुईवटा गुल्म राखिएका छन्। जिल्लाको पूर्वीनाका सम्हाल्न सदरमुकाम मलंगवाको टावरमा र पश्चिमी नाकाबाट हुने तस्करी नियन्त्रणका लागि फेनहारामा गुल्महरु राखिएका छन्। गुल्मको सशस्त्र प्रहरी नायव उपरीक्षकले कमाण्ड गरिरहेका छन्।

टावर गुल्मको कमान्ड सशस्त्र प्रहरी नायव उपरीक्षक लक्ष्मण बरालले गरिरहेका छन् भने फेनहारा गुल्मको कमान्ड सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोद रायले सम्हालेका छन्। गुल्महरुकै छेउबाट दिनरात तस्करी भइरहेको देखिन्छ। बेस र बिओपीका इन्चार्जहरुको पदावधि सकिन लागेका कारण जाने बेलामा बेसपति र बिओपी पतिहरुले कमाउने साधन बनाएको आरोप छ। होली पर्व नजिकिएसंगै जिल्लाका नाकाबाट हुने तस्करी नियन्त्रण बाहिर गएको स्थानीयकाे आराेप छ। हरेक दिन करोडौँको तस्करी भइरहेको भए पनि सशस्त्र प्रहरी तस्करीको सामान नियन्त्रण गर्न खासै सक्रिय भएको नदेखिएको स्थानिय जानकारहरु बताउँछन्।

सर्लाहीबाट हुने तस्करी व्यापक बढेसँगै मलंगवा भन्सार कार्यालयको राजस्व निकै कम भएको छ। सर्लाहीका भन्सार कार्यालयका निमित्त प्रमुख डम्बर बहादुर बस्नेतले भन्सार राजस्व पचास प्रतिशतले घटेको बताए। यता,प्रहरीले हरिपुर्वाबाट भन्सार छलीकाे कपडा सहित फुल नियन्त्रणमा लिए पछि साे रहस्य बाहिरिएको हाे ।

सम्बन्धित समाचार