हरिहरपुरगढी क्षेत्रलाई पर्यटकीय र कृषि उत्पादनमुलक बनाउछौँ ः वडा अध्यक्ष माझी

3.6k Shares

सिन्धुलीको साविक महेन्द्रझ्याडी गाविस , हाल हरिहरपुरगढी गाउँपालिका  बोटेनीमा मिति २०४९ सालमा जन्मेका झलककुमार माझी अहिले सोही वडाको वडाध्यक्ष बन्नु भएको श्री माध्यमिका बिधालय महेन्द्रझ्याडीबाटै एसएलसीमा प्रथम श्रेणीमा पास गरी पुनः उच्च माध्यमिक तहका लागि श्री मरिण बहुमुखी क्याम्पस कपिलाकोटमा मेजर अङ्ग्रेजी विषय लिएर कक्षा १२ सम्मको अध्ययन पूरा गर्नु भएका उहाँ आफ्नो  घरव्यवहारका कारण पढाइलाई यत्तिमै थाती राखेर आफ्नो घरव्यवहारको जिम्मेवारी वहन गर्नतिर लाग्नु भयो सानैदेखि दुःख, कष्टमा हुर्कनु भएका उहाँ विं.सं.२०७४ साल वैशाखमा हरिहरपुरगढी गाउँपालिका  को लागि नेकपा एमालेबाट वडा अध्यक्ष पदको उम्मेदवार बनेर पार्टीको तर्फबाट टिकट पाउनु भयो उहाँ निर्वाचनमा होमिएर सबै वडाबासी  जनताको साथसहयोगका कारण उक्त निर्वाचन विं.सं.२०७४ साल वैशाख ३१ मा ५४४ मत प्राप्त गरी विजयी हुनु भयो त्यस बेला उहाँ २४ वर्षको मात्र हुनु भएको थियो ।वडा अध्यक्ष माझी सिन्धुली जिल्लाकै  वडा अध्यक्षहरूमध्ये सबै भन्दा कान्छो वडा अध्यक्ष बन्न सफल हुनु भयो ।। उहाँ देशभरको सवालमा पनि सायद वडा अध्यक्षहरूमध्ये कान्छो वडा अध्यक्ष भित्र पर्नु हुन्छ उहाँले पार्टीका विभिन्न भ्रातृ सङ्गठनमा महत्वपूर्ण पदमा रहेर कार्यसम्पादन आफ्नो जिम्मेवारी वहन गरिसक्नु भएको थियो   कमलामाई मिडिया प्रालीसंग वडाध्यक्ष माझीले गर्नु भएको कुराकानी

प्र. हरिहरपुरगढी गाउँपालिकाको वर्तमान अवस्था कस्तो ?

हरिहरपुरगढी गाउँपालिका ऐतिहासिक हरिहरपुरगढी किल्लाको नामबाट नामकरण गरिएको गाउँपालिका हो यो गाउँपालिका ९५ प्रतिशत जनजातिहरूको बसोबास रहेको गाउँपालिका हो गाउँपालिकामा तामाङ, राई, दनुवार, मगर, माझी, पहरी, नेवार, क्षेत्रीबाहुनहरूको बसोबास रहेको हरिहरपुरगढी गाउँपालिकाको बीच भाग भएर बग्ने मरिण नदीलाई सिन्धुली जिल्लाको कर्णाली नदी यो भेगलाई सिन्धुली जिल्लाको कर्णाली क्षेत्र भनेर चिनिन्थ्यो अहिले निर्माणाधीन अवस्थामा रहेको मदन भण्डारी राजमार्गको कारणले केही वडाहरू केही बस्तीहरूलाई भने प्रत्यक्षरूपमा फाइदा पुगेको सदरमुकाम  सिन्धुलीमाढी आवतजावतमा केही सहज भएको यस हरिहरपुरगढी गाउँपालिका भित्र रहेको ऐतिहासिक हरिहरपुरगढी किल्ला यो राजमार्गदेखि करिब किलोमिटरको दूरीमा अवस्थित यस हरिहरपुरगढी गाउँपालिकाले पारित गरेको उज्यालो हरिहरपुरगढी गाउँपालिका निर्माणअन्तर्गत  वटै वडाहरू सबै टोलबस्तीहरूमा विद्युत लाइन विस्तार गर्ने लक्ष्य लिएको यस गाउँपालिकाको उत्तरमा काभ्रे जिल्लाको कोखाजोर खोला, दक्षिणमा सर्लाही जिल्ला, पूर्वमा सिन्धुली जिल्लाको मरिण गाउँपालिका पश्चिममा मकवानपुर वागमती नदी सिमानाले घेरिएको

प्र. तपाईं जन प्रतिनिधि भएर आइसकेपछि केकस्ता परिवर्तनहरू भए ?

–  यस हरिहरपुरगढी गाउँपालिका मा वडा अध्यक्षमा निर्वाचित भएर आए पछी यस वडाको दुर्गम जहाँ बाटो थिएन, दैनिक उपभोग्य सामानहरू मान्छेले बोकेर लानुपर्ने थियो, अहिले त्यो अवस्था छैन वर्षात्यामको तीन महिनाभन्दा बाँकी अरू समयमा सजिलैसँग सामान ढुवानी गर्न सकिएको विद्युतको हकमा निर्वाचित नहुँदासम्म विद्युत लाइन मेरो वडामा शून्य थियो अहिले वडा नम्बर को आधाजसो बस्ती बोटेनी हात्तीदमार धुलौडासम्मका २३० घरधुरीहरूले विद्युत लाइन प्रयोग गर्न पाएका छन् अब यो दशैँअगाडि उक्त विद्युत लाईन विस्तार गरी वडा कार्यालय हुँदै ७५ प्रतिशत बस्तीहरूमा अबको दुई महिनाभित्रमा बत्ती बाल्ने गरी अहिले वडा कार्यालयको तर्फबाट रु लाख रूपैयाँ छुट्ट्याएको छुु आवश्यक पोल, तार ट्रान्सफर्मरहरू खरिद गरिसकेका छौँ कृषि क्षेत्रमा वडा नं. को मरिण खोलादेखि उत्तरी भेगमा साना सिँचाइमार्फत् सिँचाइहरू निर्माण गरी अन्न बाली लगाइएको यस वडाको सेपाहा पुल भन्ने ठाउँलाई जुनारको पकेट क्षेत्रको रूपमा विस्तार गरेका छौँ  मरिणको दक्षिणी भेग बोटेनी भलायो हात्ती दमार क्षेत्रमा कहीँ सिँचाइका लागि पोखरी निर्माण कहीँ राष्ट्रपति चुरे तराई मधेस संरक्षण अन्तर्गतको योजनाबाट भूमिगत सिँचाइ निर्माण गरी यस बोटेनी गाउँमा सिँचाइ उपलब्ध गराइएको   यसलाई थप गर्नका लागि यस चालु आर्थिक वर्ष २०७७।०७८ मा निर्माण हुने गरी प्रदेश सरकारबाट मरिण खोलाको पानी लिफ्ट गर्ने गरी लिफ्ट सिँचाइका लागि रू २५ लाख बजेट विनियोजन गरिएको ठूलो सिँचाइ मरिण खोलाको पानी ल्याउने गरी हाल निर्माणाधीन अवस्थामा रहेको मथौली बोटेनी धुलौडा सिँचाइ अबको यो वर्षमा सम्पन्न हुने लक्ष्य रहेको नदी नियन्त्रणको क्षेत्रमा विशेष गरी चुरे क्षेत्रबाट उत्पन्न हुने यस वडाको तीनवटा खहरेमा वार्षिक रूपमा वडाबाट बजेट छुट्ट्याई कलभर्टहरु नियन्त्रण गरेका छौँ गत दुई वर्षदेखि चुरे संरक्षण अन्तर्गतको रकमबाट पनि नियन्त्रण गरेका छौँ समग्रमा प्रभावकारी काम भएको महसुस गरेको छु

प्र.यस वडाको मुख्य समस्या के हो ?

यस वडाको मुख्य समस्या मरिण खोलामा पक्की पुलसँगै डाँडा भेगका बस्तीहरूमा बाटो सञ्चार सुविधा  शून्य , त्यो पूर्ति गर्नु

प्र. मरिण खोलामा पक्की पुल निर्माण गर्ने कुरा के भइरहेको छ ?

कयौँ वर्षको वडा परिषद्धबाट छनोट गर्न पाउने बजेटबाट बोटेनी सिमरास पक्की पुल निर्माणको लागि डीपीआर गर्नका लागि यस हरिहरपुरगढी गाउँपालिकाको गाउँ सभाबाट रू। १० लाख विनियोजन भइसकेको यसको सर्भे स्टमेट डिजाइनको काम अबको असोज महिनाबाट सुरु हुनेछ यो पक्की पुलको लम्बाइ  २०० देखि २५० मिटरसम्म हुने हुँदा उक्त पुल निर्माणको लागि सबै सरोकारवाला निकायहरूले आफ्नो ठाउँबाट पहल गर्दा बन्ने कुरा १०० प्रतिशत सम्भब देखिन्छ आशावादी पनि छु अवश्य बन्छ बनाउनुपर्छ, अत्ति आवश्यक पनि

प्र. यस क्षेत्रको दीर्घकालीन विकासका लागि केकस्ता योजना बनाउनुभएको ?

यस क्षेत्रको दीर्घकालीन विकासमा विशेष गरी हाम्रो देश कृषिप्रधान देश भएकाले यस क्षेत्रका सबै जनता पनि कृषिमा नै आधारित छन् त्यसैले यस क्षेत्रलाई विशेष गरी कृषि व्यवसायलाई नै अगाडि बढाएर बेरोजगार युवाहरूलाई कृषि व्यवसायमा लगाउने जस्तैकुखुरापालन, बाख्रापालन, राँगापालन अन्य विविध व्यवसायलाई अगाडि बढाउने साथै कृषि पेसालाई अगाडि बढाउने इच्छुक केही लगानी गर्न सक्ने व्यक्तिहरूका लागि यस क्षेत्रमा रिसोर्टहरू खोल्न पनि सकिन्छ

प्र. यस क्षेत्रलाई ऐतिहासिक महत्व बोकेको थलोको रूपमा लिइन्छ, आन्तरिक पर्यटक भित्र्याउने कार्यका लागि कुनै सोच बनाउनुभएको रु यहाँ आउने पर्यटकहरूलाई के कुराले आकर्षित गराउन सकिन्छ ?

यस क्षेत्रमा अर्गानिक मकै कोदो उत्पादन हुन्छ हाम्रो क्षेत्रमा बाहिरका ब्रान्डेड रक्सीहरू आउने गर्छन् यस क्षेत्रमा उत्पादन भएको शुद्ध कोदोको रक्सी प्रयोगमा आएको छैन हामी यसलाई प्रयोगमा ल्याउन सक्छौँ यस क्षेत्रमा पाइने बाँसबाट उत्पादन हुने तामा मरिण  खोलाको सिद्रा माछा घट्टमा पिसिएको मकैको पीठो यहाँको प्रमुख खाना हो, यसलाई पनि प्रवद्र्धन गर्नुपर्छ

प्र. हरिहरपुरगढी को वडा अध्यक्षको नाताले यस क्षेत्रको समग्र विकासका लागि कुनकुन कुरालाई प्राथमिकतामा राख्नु भएको ?

शिक्षा, स्वास्थ्य, विद्युत, कृषि, खानेपानी पर्यटनलगायत कुरालाई प्राथमिकतामा राखिएको

प्र. अध्यक्ष ज्यू,मैले सोध्न छुटाएको तपाईंलाई भन्न मन लागेको केही कि ?

यस गाउँपालिकाको समग्र विकास निर्माण यस वडाको विकासको लागि सबै तह तप्कामा रहनुभएका तमाम अग्रज व्यक्तित्वलगायत संघसंस्थाहरूलाई आफ्नो ठाउँबाट साथ सहयोग गरिदिनुहुन अनुरोध साथै, मलाई सम्झेर केही कुरा राख्ने अवसर दिनुभएकोमा कमलामाई मिडिया प्राली परिवारलाई धन्यवाद

सम्बन्धित समाचार