Close This

बयलवास घटना पछि तनाव नियन्त्रण गर्न पहल नगरेकाे भन्दै प्रजिअ खतिवडाकाे सरुवा,बयलवासमा एसएसपी खाँनको कमाण्डमा थप प्रहरी परिचालन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-१२ गते   ८९२ पटक हेरिएको


सर्लाहीको ईश्वरपुर नगरपालिका ६ बयलवासमा  भएको प्रदर्शन थप चर्किदै गएपछि अहिले साे क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । गस्तिमा रहेकाे प्रहरी भ्यानसंग ठक्कर खादा एकजनाकाे आईतबार राति ज्यान गएकाे थियाे । ईश्वरपुर नगरपालिका ५ का अन्दाजी वर्ष ३४ का राम कुमार महताेकाे ज्यान गएकाे भन्दै स्थानियले आन्दोलन चर्काएपछि प्रहरीले बरिस्ठ उपरीक्षक   मसाउद आलम खाँ काे कमाण्डमा ठुलाे संख्यामा प्रहरी परिचालन गरिएको छ।
 एक जना युवकको ज्यान गएपछि सोमवार दिनभर ईश्वरपुर नगरपालिकास्थित बयलवास बजारमा प्रदर्शन भएको थियो । आक्रोशित स्थानीय वासिन्दाले इलाका प्रहरी कार्यालय हरिपुरको भेनमा आगजनी गर्नुका साथै बयलवासस्थित इलाका प्रहरी कार्यालय केशरगन्जमा ढुंगामुढा समेत गरेका थिए । आन्दाेनकारीकाे ढुगामुढा लागेर ११ जना प्रहरी समेत घाइते भएका छन् ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौँ शेल अश्रुग्याँस प्रहार गरेको थियो । सोमवार दिउँसो ३ घण्टा बढी पीडितसँग भएको वार्तामा कुनै सहमती नभएकाले मंगलवार( आज) पुन आन्दोलन चर्किएको छ । पुनः प्रदर्शन हुने आंकलन गरेर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) खाँको कमाण्डमा ठूलो संख्यामा सुरक्षाकर्मी बयलवास ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय सर्लाही सहित ईलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी नायव उपरीक्षक उमाशंकर यादवको कमाण्डमा र विभिन्न प्रहरी युनिटहरुबाट प्रहरी निरिक्षकको कमाण्डमा सोमवारदेखि नै प्रहरी टोली बयलवासमा परिचालन गरिएको छ । त्यसैगरी सशस्त्र प्रहरी नायव उपरीक्षक दिपेन्द्र थापाको कमाण्डमा पनि ठुलाे संख्यामा सशस्त्र प्रहरीकाे टोली तैनाथ रहेकाे छ ।
मृतक महतोको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा सर्लाहीमा राखिएको छ । मृतकका आफन्त र स्थानीय अगुवाहरुले सोमबार वार्ता स्थल छाडेर हिँडेकाले मंगलबार( आज) पुनः वार्ताका लागि समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
पीडित पक्षले मृतक महताेले चलाएको मोटरसाइकल प्रहरी भ्यानमा आएर ठोक्किएको भनिएपनि घटना शंकास्पद रहेको बताएका छन् । घटनामा संलग्न प्रहरीलाई कारवाहीको मागसहित पीडित पक्ष र स्थानीय आन्दोलित बनेका हुन् । भने ठुलाे संख्यामा प्रहरी घाईते हुदा,प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जवाफि कुनै कार्बहि नगरेका कारण उहाँको रातारात सरुवा भएको छ । भने उहाँको ठाउमा स्थानेश्वर गाैतम प्रमुख जिल्ला अधिकारी भएर आउनु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech