Close This

सिन्धुलीको हरिहरपुरगढीमा ड्रागन फ्रुटको खेति गर्ने – कृषि मन्त्री लामा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-७-३० गते   ७७४ पटक हेरिएको

जिल्लाको हरीहरपुर गढी गाउँपालिकामा बागमती प्रदेश सरकारले ड्रागन फ्रुटको खेति गर्ने भएको छ । बागमती प्रदेशका भूमि व्यवस्थापन एवम कृषि सहकारी मन्त्री दावादोर्जे लामाले हरिहरपुरगढी गाउँपालिकामा ड्रागन फ्रुटको खेति गर्ने बताउनु भयो ।
सिन्धुलीको दुधौली नगरपालिकामा डेरी उद्घाटन गर्दै कृषि सहकारी मन्त्री लामाले यस्तो बताउनु भएको हो । उहाँले दुःध उत्पादक कृषकलाई प्रोत्साहन स्वरुप दुःध विक्री गर्दा प्रति लिटर २ रुपैयाँका दरले अनुदान दिने तयारी अन्तिम चरण पुगेको पनि बताउनु भयो । मन्त्री लामाले उक्त अनुदान रकम गाईभैसी पाल्ने कृषकको घरघरमा पुग्ने पनि विश्वास दिलाउनु भएको छ ।
भूमि व्यवस्था एवम कृषि सहकारी मन्त्री लामाले कृषि क्षेत्रबाट कृषकहरु पलायन हुने अवस्थामा प्रदेश सरकारले हरीहरपुरगढीमा ड्रागन फ्रुटको खेति गर्ने  तयारी गरेको बताउनु भयो ।“हामीले स्थलको अवलोकन समेत गरेका छौँ,हरिहरपुरगढी गाउँपालिकामा ड्रागन फ्रुटको खेति गर्न सकिन्छ”मन्त्री लामाले बताउनु भयो । प्रदेश सरकारले यसको लागि बजेट विनियोजन गरीसकेको पनि मन्ली लामाको भनाई छ । 
कृषकहरुले उत्पादन गर्ने र बजार नपाउने भन्ने समस्याको समाधान गर्ने कार्यक्रममा प्रदेश सरकार प्रतिबद्धता रहेको बताउँदै कृषकहरुलाई उत्पादन तर्फ समय खर्चिन मन्त्री लामाले सुझव दिनुभयो । 
दुधौली नगरपालिका र यु.एन डि.पी को सहयोग तथा सहकार्य नेपालको साझेदारीमा त्रिशक्ती बहुउद्देश्य कृृषि सहकारी सस्थाले उक्त त्रिशक्ती डेरी उद्योगको स्थापना गरेको हो । डेरी उद्योग स्थापना सगैँ दुधौलीका किसानहरुको दुःध खेर जाने अवस्थाको अन्तय हुने विश्वास लिइएका छन् ।रविन्द्र भट्टराई

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech