सवारी दुर्घटनामा एककाे मृत्यु,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१०-७ गते   २२५९ पटक हेरिएको

पुर्व पश्चिम लाेकमार्ग स्थित सर्लाही र रौतहटको सिमामा रहेकाे  बागमती नदीको पुलमा शुक्रबार राति भएको सवारी दुर्घटनामा  एक मोटरसाइकल यात्रीको ज्यान गएको छ ।
   शुक्रबार राती करिब ७:१५ बजेको समयमा पुर्वपश्चिम लाेकमार्ग स्थित पश्चिमबाट पूर्वतर्फ आइ रहेकाे बा. ८४ प ५९०८ नम्बरको मोटरसाईकल साेही दिशाबाट आउदै गरेकाे टिपरसंग ठाेक्किदा  हरिवन नगरपालिका ५ का वर्ष  ३५ का  सुनिल बम्जनकाे ज्यान गएकाे सर्लाही प्रहरीले जनाएको छ ।  ना. ७ ख ८३०० नम्बरको टिपरले माेटरसाईकललाई ठक्कर दिदा बम्जनकाे घटना स्थलमै ज्यान गएकाे हाे ।  घटना स्थल मै ज्यान गएका बम्जनलाई तत्कालै उपचारका लागि भन्दै नजिकै रहेकाे स्वास्थ्य संस्थामा लैजानुकाे सट्टा चन्द्रपुर अस्पताल राैतहटमा पुर्याउनुले पीडित पक्षले शंकाकाे घेरामा हेरेका छन् ।
दुर्घटनामा संग्लग्न सवारी साधन ईलाका प्रहरी कार्यालय हरिवनकाे नियन्त्रणमा रहेकाे ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक भुपेन्द्र गिरीले  जानकारी दिनुभयाे ।घटनाकाे थप अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech