५ क्विन्टल बढी प्रतिवन्धित लागु औषध गाँजा सहित एक जना महोत्तरी प्रहरीको नियन्त्रणमा

408 Shares

महोत्तरीको बर्दिबास नगरपालिका ३ गौरी डाँडाबाट ठूलो मात्रामा प्रतिवन्धित लागु औषध गाँजा सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।बर्दिबास नगरपालिका ३ गौरी डाँडा स्थित रहेको अस्थाई ट्राफिक प्रहरी पोष्ट स्थित बि.पि. राजमार्गमा गोप्य सुचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय जलेश्वर महोतरी र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासको संयुक्त टोलीले सिन्धुलीबाट बर्दिबास तर्फ आउदै गरेको बा.३ ख. ५८३२ नम्बरको मिनिट्रकबाट प्रतिवन्धित लागुऔषध गाँजा अन्दाजी पाँच क्विन्टल ४७ किलो र मिनि ट्रक चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ घर भई हाल काठमाण्डौ महानगरपालिका ६ टोखा ग्रिनल्याण्ड बस्ने अन्दाजी बर्ष ३७ का सलिन मगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जलेश्वर महोत्तरीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक नहकुल पोखरेलले जानकारी दिए ।
उनका अनुसार ब्युरोबाट प्रहरी नायव निरिक्षक सरोज कुमार अधिकारीको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय जलेश्वर महोत्तरीको संयुक्त प्रहरी टोलिले सिन्धुलीबाट बर्दिबास तर्फ आउदै गरेको बा.३ ख. ५८३२ नम्बरको मिनिट्रकलाई विशेष सुचनाको आधारमा रोकी चेकजांच गर्दा प्लाष्टिकले बेरिएको ३५ पोका प्रतिवन्धित लागु औषध गाँजा बरामद् गरेको हो ।
नियन्त्रणमा लिईएको प्रतिवन्धित लागु औषध गाँजा,मिनि ट्रक र चालक मगरलाई ईलाका प्रहरी कार्यालय बर्दिवासको नियन्त्रणमा राखेरआवश्यक अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी प्रमुख एवम प्रहरी नायव उपरिक्षक रेवती रमण पोख्रेलले जानकारी दिए ।पछिल्लो समय बर्दिवास विभिन्न कारणले लागु औषधको हब बन्दै गएको भन्दै लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासको स्थापना गरिएको थियो ।

सम्बन्धित समाचार