Close This

छुरा प्रहारबाट विष्णु गाउँपालिकाका एक युवक घाईते

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-२६ गते   २६५ पटक हेरिएको

जिल्लाको मधुवन गोठमा आईतवार राती एक युवामाथि छुरा प्रहार भएको छ ।   छुरा प्रहारबाट जिल्लाको विष्णु गाउँपालिका–३ मधुवन गोठका अन्दाजी २३ वर्षिय रुपेश साह गम्भीर घाईते भएका सर्लाही प्रहरीले जनाएको छ ।
गम्भीर घाईते साहको उपचार जिल्लामा सम्भव नभएपछि बिरगंजको नेशनल मेडिकल कलेज पठाईएको सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक विश्वमणी पोख्रेलले जानकारी दिनु भयो ।  आफ्नै घरमा सुतिरहेको अवस्थामा आईतवार राती करिब १ बजेको समयमा हतियारधारी अपरिचित व्यक्तिहरुको समुहले साहको शरिरका विभिन्न स्थानमा छुरा प्रहार गम्भीर घाईते बनाईएको घाईते साहका आफ्न्तले बताएका छन ।
घटना स्थलबाट एक थान पेस्तोलको गोली समेत बरामद भएको छ । घटनाका सम्बन्धमा थप अनुसंधान भईरहेको प्रहरी उपरीक्षक पोख्रेलले बताउनु भयो ।    

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech