Close This

ऐना नराखिदा ६० जनाको ज्यान गयो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-३० गते   ४७३ पटक हेरिएको

जापान सरकारले २५ अर्बको लगानीमा निर्माण गरि दिएको सडक हो बिपी राजमार्ग । पूर्वी पहाड र मध्य तराईबाट राजधानी काठमाण्डौँ भित्रिने सबैभन्दा छोटो दूरीको रुपमा यो मार्ग सञ्चालनमा आएको छ । जहाँ दैनिक हजारौँ सवारी साधन चल्ने गदर्छ ।
सोही सडक खण्ड अन्र्तगत सिन्धुलीको सुनकोशी गाउँपालिका–५, मुलकोट नजिकै रहेको रिट्ठे भीरको तल अक्कर भीर र सुनकोशी नदी रहेको छ । काठमाडौंबाट बनेपा–धुलिखेल–भकुण्डेबेसी– नेपालथोक हुँदै खुर्कोट नजिकै रहेको ठाउँ हो रिट्ठे भीर । जुन ठाउँको सडकमा हजारभन्दा बढी ऐनाहरु टाँसेको देख्न सकिन्छ । यो दृश्य देख्ना साथ सबैको मनमा एक किसिमको कौतुहलता पैदा हुनु स्वभाविकै हो। तल सुनकोसी नदी माथी पाहाड बीचमा सडम खण्ड र त्यहि सडक खण्डको भिक्तामा हजारौँ ऐनाहरु टाँसिएका छन ।
सडकको भित्ताभरी ऐना टास्नुको पछाडि धेरै कुराहरु लुकेको स्थानिय जानकारहरु बताउछन । जब कोही यात्रु होस् अथवा सवारी चालक त्यहाँ पुग्नु अगाडि नै सबैको मनमा एक किसिमको डर पैदा हुन्छ । जुन ठाउँ धेरै दुर्घटना हुने गर्दछ । केही तथ्यलाई हेर्दा विसं २०५८ वैशाख २० गते सिन्धुलीबाट काठमाडौं जाँदै गर्दा मुलकोट नजिकै रहेको रिट्ठे भीरमा बस खस्दा १४ जनाको निधन भएको थियो । २०६८ असोज २६ गते त्यसै ठाउँमा बस खस्दा बसका सबै यात्रु ४२ जनाको निधन भएको थियो । त्यसको ६ वर्षपछि २०७६ असोज २६ गते ६ जनाको निधन भएको थियो । जुन ठाउँमा धेरै यात्रुहरुले ज्यान गुमाएका सकेको ट्राफिक प्रहरीको तथ्याँकमा उल्लेख छ ।
‘आजभन्दा धेरै वर्ष अगाडि त्यस ठाउँमा गोरेटो बाटो थियो । बाटो नजिकै एउटा ठुलो सालको रुख थियो । रुखमुनि सानो पोखरी थियो । जुन पोखरीबाट पानी आउथ्यो । मानिसलाई पानी लैजान सजिलो हुन्थ्यो। ’सुनकोसी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा(दाहाल)ले बताउनु भयो ।
जब जापान सरकारले सडक बनाउने क्रममा पानी र पोखरी दुवै मासियो । पोखरीमा देवी छन् भन्ने कुरा कसैलाई थाहा भएन, जहाँ पूजा आरधना गरिन्थ्यो। त्यसको केही समयपछि एउटी ८ वर्षीया बालिकामा देवी उत्पन्न भइन् र उनले म देवी माता हुँ मलाई तिमीहरुले बस्न दिएनौ, मेरो बासस्थान नै भत्कायौ, मेरो टाउको माथि गाडीहरु गुडिरहेको छ । मेरो लागि कसैले पनि मन्दिर बनाइदिएन् । जबसम्म मेरो नाममा मन्दिर बन्दैन तबसम्म म धेरै मान्छेहरुको भोग खान्छु भनिन् । जसबाट सो स्थान सबैको शरीर झसंग बनाउने स्थान बन्यो ।
स्थानीयहरुले त्यस कुरालाई तेती वास्था गरेनन् । त्यसको केही समयपछि यात्रुवाहक वस सुनकोशी नदीमा खस्दा ४२ जनाको निधन भयो । जसको आत्माले शान्ति पाओस् भनेर स्थानियले सप्ताह पनि लगाइदिए । ‘सप्ताह लागेको बेला एक्कासी एउटी महिलामा देवी उत्पन्न भएर उनले बोकेको भरमा कोशीमा गएर सेतो ढुङ्गा लिएर एउटा रुखको जराको सेतो र रातो कपडाको धोजा बनाएपछि मन्दिर बनाएको स्थानीय जानकारहरुको भनाई छ । देवी मातालाई मन पर्ने भनेर ऐनाहरु राखियो । बिस्तारै ऐनाले धेरै संख्या लिन पुग्यो ।’सुनकोसी गाउँपालिका ५ का वडा अध्यक्ष सन्तोष दाहालले बताउनु भयो ।
ऐनाको दृश्यमा भुतप्रेत आउन नसक्ने र मानिसलाई दुःख दिन नसक्ने भएकाले यस स्थानमा ऐना राख्ने गरिएको जनविश्वास रहेको छ । आजभोलि त्यस स्थानमा जाने जोकोहीले पनि ऐना टाँस्ने गर्दछन् । यात्रु होस् या सर्वसाधरण त्यस ठाउँमा पुगेपछि केही समय रोकिएर ढोग्ने गर्दछन् । अझै पनि त्यहाँ पुग्नु अगाडि नै मानिसहरुको मनमा एक किसिमको डर पैदा हुने गर्दछ । भने त्यस स्थानमा अहिले सेतीदेवी माहादेव भनेर बोर्ड पनि राखिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech