सर्लाहीको बरहथवा नगरपालिका र चक्रघट्टा गाउँपालिकालाई अग्नि नियन्त्रक(बारुण यन्त्र) प्राप्त भएको छ।जिल्लामा रहेका २० वटा पालिकाहरु मध्य हरिवन नगरपालिका र मलंगवा नगरपालिकासंग मात्रै बारुण यन्त्र रहेपनि मलंगवा नगरपालिकाको बारुण यन्त्र प्रयोग विहिन अवस्थामा रहेपछि हरिवन नगरपालिकाको वारुण यन्त्रले मात्रै जिल्लामा आगलागी नियन्त्रणको काम गर्दै आएको छ ।
स्थानीय सरोज रायको पहलमा जापानीज नागरिकहरुको सहयोगमा बरहथवा नगरपालिका र चक्रघट्टा गाउँपालिकालाई अग्नि नियन्त्रक(बारुण यन्त्र) प्राप्त भएको हो ।सर्लाहीमा आगलागी नियन्त्रणमा सहयोग पुर्याउन भन्दै रायको पहलमा अग्नि नियन्त्रक(बारुण यन्त्र) बरहथवा नगरपालिका र चक्रघट्टा गाउँपालिकालाई प्राप्त भएको बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कुमारी कटुवालले जानकारी दिईन् ।
उनका अनुसार जापानीज नागरिकहरुको सहयोगमा रु दुई करोड भन्दा बढीको अग्नि नियन्त्रक(बारुण यन्त्र) सर्लाहीमा आई सकेको भएपनि नगरपालिकालाई हस्तान्तरण हुन बाँकी रहेको छ ।११ वटा नगरपालिका र नौ वटा गाउँपालिका गरी २० वटा पालिका रहेको सर्लाहीमा आगलागिका घटनाहरुलाई नियन्त्रणमा गर्न प्रयाप्त अग्नि नियन्त्रक(बारुण यन्त्र) नभई रहेको अवस्थामा सहयोगी दाताहरुबाट प्राप्त भएको अग्नि नियन्त्रक(बारुण यन्त्र)ले ठूलो सहयोग पुग्ने
चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्ण कुमार यादवले बताए ।उनका अनुसार दुई वटै अग्नि नियन्त्रक(बारुण यन्त्र) शुक्रबार नै परिक्षणका लागि सर्लाही आई पुगेका र असोज १ गते सम्बन्धीत पालिकाहरुलाई हस्तान्तरण गर्ने दाताहरुको तयारी रहेको छ ।
अग्नि नियन्त्रक(बारुण यन्त्र) सञ्चालन र व्यवस्थापनको काम सम्बन्धीत पालिकाले नै गर्ने गरी पालिकाहरुलाई अग्नि नियन्त्रक(बारुण यन्त्र) हस्तान्तरण गरिने सहयोगी रायले बताए । हरिवन नगरपालिकासंग रहेको अग्नि नियन्त्रक(बारुण यन्त्र) अन्य पालिकाहरुले सहकार्य गरी सञ्चालन गरी रहेका छन्।एउटा अग्नि नियन्त्रक(बारुण यन्त्र) जिल्लाका धेरै पालिकाहरुमा दौडाउनु पर्दा समयमै अग्नि नियन्त्रक(बारुण यन्त्र) नपुग्ने कारण मानविय तथा भौतिक क्षेती बोर्हाेनु परि रहेको छ ।