बागमतीको निःशुल्क आंखा शिविरमा दोस्रो दिन शनिबार ३३९ जनाको परीक्षण

357 Shares

सर्लाहीको बागमती नगरपालिकामा शुक्रबारबाट सुरु भएको बृहत निःशुल्क आँखा परीक्षण शिविरको दोस्रो दिन शनिबार तीन सय ३९ जनाको आँखाको परीक्षण गरिएको छ ।बागमती नगरपालिकाले तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँसँग समन्वय गरी शुक्रबारबाछ सुरु गरेको निःशुल्क आँखा शिविरमा शुक्रबार दुई सय ४० जनाको र शनिबार तीन सय ३९ जनाको आँखा परीक्षण गरिएको बागमती नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख पदम रायमाझीले जानकारी दिए। 

be.jpg
उनका अनुसार शुक्रबार बागमती नगरपालिका ९ स्थित जनजागृति प्रा.वि. लालबन्दी टोलमा दुई सय ४० जनाको आँखा परीक्षण गरिएकोमा ४३ जनामा मोतिया विन्दुको समस्या देखिएको थियो भने शनिबार दोस्रो दिन शनिबार दोस्रो दिन बागमती नगरपालिका ७, स्थित जानकी जनता प्राथमिक विद्यालय मिथिलापुरमा गरिएको परीक्षणमा ३६ जनामा मोतिया विन्दुको समस्या देखिएको छ ।

bm.jpg
मोतिया बिन्दुका बिरामीहरुलाई माघ १२ गतेदेखि १४ गतेसम्म बागमती नगरपालिका ५ स्थित जनता मा.वि.सोल्टी बजारमा आयोजना हुने मोतिया बिन्दुको शल्यक्रिया शिविरमा निःशुल्क शल्यक्रियाको प्रवन्ध मिलाइएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।शुक्रबारबाट सुरु भएको आँखा परीक्षण शिविर नगरका विभिन्न वडाका आठ स्थानमा माघ ११ गतेसम्म सञ्चालन गरिने र सो अवधिमा फेला परेका मोतिया बिन्दुका बिरामीहरुको बागमती नगरपालिका ५ सोल्टीस्थित रहेको जनता मा.वि.मा भेला पारेर माघ १२ गतेदेखि १४ गतेसम्म शल्यक्रियाको व्यवस्था मिलाएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। 

hm.jpg
बागमती नगरपालिकाले वर्षेनि नगरपालिकाका विभिन्न स्थानहरुमा विभिन्न समयमा निःशुल्क आँखा परीक्षण शिविर तथा मोतिया बिन्दुको शल्यक्रिया कार्यक्रम गर्दै आएको कार्यवाहक नगर प्रमुख कृष्ण कुमार लामाले बताए ।उनका अनुसार नगरपालिकालेयो सहित छैठौं पटक नगरपालिकाका विभिन्न स्थानहरुमा निःशुल्क आँखा शिविर सञ्चालन भएको हो।जनताको सेवकको रुपमा बागमती नगरपालिकाका जनप्रतिनिधिहरु रातदिन तल्लीन हुँदा कर्मचारीहरुको समेत भरपुर सहयोग रहेका कारण नागरिकहरुको समस्यामा प्रत्यक्ष उपस्थित भएर काम गर्ने र समस्या गर्न लागि परेका स्थानीयको भनाई छ ।

सम्बन्धित समाचार