Close This

एकिकृत समाजवादी लालबन्दी १४ कोवडा भेला सम्पन्न,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-१७ गते   २१६३ पटक हेरिएको

नेकपा (एकिकृत समाजबादी)  सर्लाहीले सर्लाहीको लालबन्दी नगरपालिका १४ मा वडा कमिटि गठन गरेको छ । नेकपा(एमाले)बाट अलग भएपछि आफ्नो संगठन विस्तारको कामलाई तिब्रता दिएको (एकिकृत समाजवादी) सर्लाहीले लालबन्दी १४ मा पनि ५१ सदस्यीय वडा कमिटि गठन गरेको नेकपा(एकिकृत समाजवादी) सर्लाहीका संगठन विभाग प्रमुख भरत कार्कीले जानकारी दिनु भयो । 
कार्यक्रमका प्रमुख अतिथि प्रदेश २ का उधोग,पर्यटन वन तथा वातावरण महतोले प्रदेश २ को कर्णाली नारायण खोलालाई आफ्नो निर्वाचन क्षेत्र सरह ध्यान पुर्याउने बताउनु भयो । आज(शुक्रबार) भएको वडा भेलामा नेकपा(एकिकृत समाजवादी) का स्थायी कमिटी सदस्य एवम प्रदेश २ का उधोग,पर्यटन वन तथा वातावरण शत्रुधन महतोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ५१ सदस्यीय वडा कमिटि गठन गरिएको नेकपा(एकिकृत समाजवादी) सर्लाहीका अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिनु भयो ।
नेकपा(एकिकृत समाजवादी) लालबन्दी नगरपालिका १४ नारायण खोला(मटरदोभान)मा भएको वडा भेलामा श्याम बहादुर काल्तानको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटि गठन गरिएको नेकपा(एकिकृत समाजवादी)सर्लाहीले जनाएको छ  । वडा कमिटिको उपाअध्यक्षमा  उतरमान थिङ सहित ५१ सदस्यीय वडा कमिटि सर्वसहमत चयन गरिएको नेकपा(एकिकृत समाजवादी) सर्लाहीका नेता चुडामणी वाग्लेले जानकारी दिनु भयो ।
उहाँका अनुसार लालबन्दी नगरपालिका १४ मा युवा सघं नेपाल समेत गठन गरिएको छ ।  लालबन्दी नगरपालिका १४ मा युवा सघं नेपालको अध्यक्षमा चक्र बहादुर भ्लोन र उपाध्यक्षमा सोम बहादुर भ्लोन सहित २१ सदस्यीय नेकपा(एकिकृत समाजवादी) कोयुवा संघ नेपाल लालबन्दी नगरपालिका १४ गठन गरिएको हो ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का पोलिट ब्युरो सदस्य लक्ष्मण पौडेल,कृेन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य बेचि लुङ्गेलि, नेकपा (एकीकृत समाजवादी)सर्लाहिका अध्यक्ष सुरेन्द्र लामा, नेकपा (एकीकृत समाजवादी) सर्लाहीकासचीव गोबिन्द अधिकारी, नेकपा (एकीकृत समाजवादी) सर्लाहीका सह–सचिव उद्वव पाठक,धन बहादुर मिक्चन,रेणुका काफ्ले,नवराज मिश्र,गठन बिभाग प्रमुख भरत कुमार कार्की,मेन कुमार गौतम,कृष्णमान श्रेष्ठ,,चुडामणि वाग्ले,लालबन्दी नगर कमिटि अध्यक्षता राजन काफ्ले र सचीव राज तामाङ, लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech