सर्लाहीको बरथवामा रहेको ईलाका प्रहरी कार्यालय बरथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक उद्धब सिंह भाटलाई बिहीबार फेरी सम्मान गरिएको छ । ईलाका प्रहरी कार्यालय बरथवा प्रमुख भएर प्रहरी नायव उपरिक्षक भाट आएदेखि सो क्षेत्रमा चोरी–डकैती, गुण्डागर्दी, हत्या–हिंसा, लागू औषध एवम् घरेलुु हिंसाका घटना न्यूनीकरण तर्फ उन्मुख भएको भन्दै बसबरिया गाउँपालिकाले सम्मान गरेको हो ।
बसबरिया गाउँपालिकाको आ.ब. २०७८÷०७९ पाँचौ गाँउ सभाकोअवसर पारेर प्रहरी नायय उपरिक्षक भाटलाई सम्मान गरेको गाउँपालिकाको कार्यालय भवानीपुरले जनाएको छ । गाउँपालिका अध्यक्ष राम अयोध्या यादवले इलाका प्रहरी कार्यालय बरहथवाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक भाटलाई चोरी डकैती , गुण्डागर्दी, हत्या–हिंसा, लागू औषध एवम् घरेलु हिंसाका घटना न्यूनीकरण लगायत समग्र शान्ति सुरक्षामा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै सम्मान–पत्र प्रदान गर्नु भएको ईलाका प्रहरी कार्यालय बरथवाले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बरथवा प्रमुख भएर प्रहरी नायव उपरिक्षक भाट आएदेखि सो क्षेत्रमा चोरी–डकैती, गुण्डागर्दी, हत्या–हिंसा, लागू औषध एवम् घरेलुु हिंसाका घटना न्यूनीकरण तर्फ उन्मुख भएका छन् । भने गैर कानुनी क्रियाकलप गर्नेहरुको निदहराम भएको छ । समाजमा सुशासन ल्याउन,नागरिकहरुलाई शान्तीको महसुस गराउँन प्रहरी नायव उपरिक्षक भाटको उल्लेखनीय भूमिका रहेको भन्दै प्रहरी नायव उपरिक्षक भाटलाई गाउँपालिकाले सम्मान गरेको गाउँपालिका अध्यक्ष यादवले बताउनु भयो ।