नागरिकता सम्बन्धी कसुरमा मलंगवा ७ का वडा अध्यक्ष मिकरानी पक्राउ

180 Shares

सर्लाहीको मलंगवा नगरपालिका ७ का वडाध्यक्ष मो.इशा मिकरानीलाई प्रहरीले पक्राउ गरेको छ।मलंगवा नगरपालिका ७ का वडाअध्यक्ष मिकरानीलाई नागरिकता सम्वन्धी कसूरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।प्रहरीका अनुसार वडाअध्यक्ष मिकरानीले रामविश्वास रायलाई झुठो विवरणको आधारमा नागरिकता दिलाएको कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।वडाअध्यक्ष मिकरानीविरुद्ध आईतबार नै सर्लाही जिल्ला अदालतबाट दुई दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
झुठो विवरणको आधारमा नागरिकता जारी भएको विषयमा वडाध्यक्ष मिकरानीको समेत संलग्नता रहेकाले पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले गत बैशाख २२ गते नै निर्देशन दिएको थियो ।

सम्बन्धित समाचार