Close This

चालु आवको ५ महिनामा करिब ७२ लाख राजश्व संकलन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-१२ गते   २९२ पटक हेरिएको

जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीले चालु आर्थिक वर्ष २०७७÷०७८ को ५ महिनामा  ७१ लाख ६५ हजार ५ सय राजश्व संकलन गरेको छ ।  चालु आर्थिक वर्ष २०७७÷०७८ को ५ महिनामा  १० हजार ३ सय ५० कार्बाहीबाट सो परिमाणमा राजश्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।
चालु आवको ५ महिनामा भएका ३ सय २१ वटा सवारी  दुर्घटनामा २५ जनाको मृत्यु,  १ सय ५३ जना गंभिर घाईते  तथा ३ सय ३४ जना सामान्य भएका छन् भने ७१ लाख ६५ हजार ५ सय राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक केदारमान दोङले जानकारी दिनु भयो ।
चालु आर्थिक वर्ष २०७७÷०७८ को साउनमा ५ जनाको मृत्यु र २२ जना गंघिर र ५७ जना सामान्य घाईते भएका छन् भने  ९ लाख ३७ हजार राजश्व संकलन भएको थियो । भदौमा १ जनाको मृत्यु, ११ जना गंभिर र  ४५ जना सामान्य घाईते भएका भएको छन् भने  ९ लाख ७३ हजार राजश्व संकलन भएको हो । असोजमा ३ जनाको ज्यान गएको छ भने १० जना गंभिर र ७४ जना सामान्य घाईते भएका छन् भने १६ लाख १२ हजार राजश्व संकलन भएको छ । कार्तिकमा ५ जनाको ज्यान गएको र ५७ जना गंभिर र ८५ जना सामान्य  घाईते भएका छन् र १८ लाख ३ हजार राजश्व संकलन भएको छ ।  
त्यसैगरी मंसिरमा ११ जनाको मृत्यु र ५३ जना गंभिर र ७३ जना सामान्य  घाईते भएका र १८ लाख ४० हजार ५ सय राजश्व संकलन भएको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ को ५ महिनामा ३ सय २१ वटा सवारी दुर्घटना भएको ट्राफिक प्रहरी सर्लाहीले जनाएको छ ।
दुर्घटनामा मोटरसाईकल र जिप÷कार बढी रहेका छन् भने कतिपय सामान्य सवारी दुर्घटनाहरु एक आपसमा मिलेर गएका जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।  जस अनुसार साउनमा  १ हजार ३ सय ४५,भदौमा १ हजार २ सय ५८,असोजमा २ हजार ३ सय ३३,कार्तिकमा २ हजार ७ सय ६४ र मंसिरमा २ हजार ६ सय ५० वटा सवारीलाई कार्बाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
लक डाउनको समय भएपनि राजश्व संकलन तथा कार्बाही दुर्घटना बढेका ट्राफिक प्रहरीले जनाएको छ । गत आर्थिक वर्षहरुको तुलनामा राजश्व संकलन कम रहेको भएका पनि ९ महिना लक डाउन हुँदा समेत यति धेरै राजश्व संकलन हुनु खुसीको कुरा भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक दोङले बताउनु भयो । भने ट्राफिक प्रहरीको सक्रियताका कारण यति परिमाणमा राजश्व संकलन भएको ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक दोङको भनाई छ ।
त्यसैगरी चालु आवको ५ महिनामा ट्राफिक प्रहरी सचेतना सम्बन्धी विद्यार्थीहरुलाई २ वटा , व्यावसायी र चालक तथा परिचालक ५८,सर्वसाधारण २ वटा कक्षा सञ्चालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech