सर्लाहीको बागमती नगरपालिका २ हरिवन खाेला किनार स्थित लहरी घारीमा लुकाई छिपाई राखेको सालकाे गाेलिया बरामद् भएको छ । सव डिभिजन वन कार्यालय मूर्तियाले बागमती नगरपालिका २, हरिवन खोला किनारबाट ४० क्यूफिट बराबरका ७ वटा सालको गोलिया बरामद गरेको हो ।
सुराकीको आधारमा पुगेको वनको टोलीले लहरी घारीबाट ७ थान अवैध सालको गोलिया बरामद गरेको शव डिभिजन वन कार्यालय मूर्तियाका कार्यालय प्रमुख चन्द्र प्रकाश यादवले जानकारी दिनुभयाे ।
उहाँका अनुसार बरामद् सालको गोलिया सव डिभिजन वन कार्यालय मुर्तियामा ल्याएर अनुसन्धान सुरु गरिएकाे छ ।
सालको गोलिया तस्करको पहिचान हुन बाँकी रहेको सव डिभिजन वन कार्यालय मुर्तियाले जनाएको छ।
सातवटा सालकाे करिब रु १ लाख ६० हजारको रहेकाे कार्यालयले जनाएको छ ।
जिल्लाका सामुदायिक तथा साझेदारी बन क्षेत्रबाट पछिल्लो समय सालका गोलिया अत्याधिक तस्करी हुने गरेको छ । सामुदायिक वन तथा वन कार्यालयका कर्मचारीहरुकाे मिलेमताेमा काठ तस्करी बढेकाे जानकारहरु बताउछन् ।