मलंगवा २ को नर्सिङ कलेजका २ किशोरीमाथी जजकको प्रयास,३ मध्य २ जना पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-६-१३ गते   ४५७ पटक हेरिएको

सर्लाहीको मलंगवा नगरपालिका २ स्थित कृष्ण चौकमा रहेको सन्त अल्पमाई राम नारायण यादव नर्सिङ कलेजमा अध्यायनरत २ जना किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा ३ जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी गरेको आरोपमा धनुषाको शहिदनगर नगरपालिका ४ स्थायी घर भई हाल मलंगवा बस्ने अन्दाजी वर्ष २० का १ युवा र पर्साको पटेर्वा सुगौली गाउँपालिका स्थायी घर भई हाल मलंगवा बस्ने अन्दाजी वर्षका १७ का १ गरि २ जना किशोरहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए । 
उनका अनुसार मलंगवा नगरपालिका २ स्थित कृष्ण चौकमा रहेको सन्त अल्पमाई राम नारायण यादव नर्सिङ कलेजमा अध्यायनरत २ जना किशोरीहरुलाई ती किशोरहरुले आफ्नो कोठामा बोलाई मदिरा खुवाई लठ्ठपारी जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा किशोरीहरुले जाहेरी दर्ता गराए पछि उनीहरुलाई पक्राउ गरिएको हो ।भदौ ३० गते घटना भएको भएपनि पीडित किशोरीहरुले असोज ८ गते मात्रै प्रहरीमा जाहेरी दिएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।उनका अनुसार ती कशिोरीहरु पढाईको सिलसिलामा मलंगवामा बस्दै आएका पाइएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक जंजियारका अनुसार पीडिक किशोरीहरुले ३ जनाको नाममा किटानी जाहेरी दिएका भएपनि २ जनालाई पक्राउ गरि सकिएको र अर्का १ जना फरार रहेका छन् ।उनको खोजी कार्यजारी रहेको सर्लाही प्रहरीले जनाएको छ ।
सो विषयमा सन्त अल्पमाई राम नारायण यादव नर्सिङ कलेजमा बुझ्न खोज्दा विद्यालय प्रशासन सम्पर्कमा नआएका कारण अन्य विवरण बुझ्न नपाएको प्रहरीको भनाई छ । पिडक किशोरहरु पनि सन्त अल्पमाई राम नारायण यादव नर्सिङ कलेजमै अध्यायनरत रहेका प्रहरीले जनाएको छ ।पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत सर्लाहीबाट म्याद थप गराई थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको सर्लाही प्रहरीले जनाएको छ ।प्रहरीले अदालतबाट म्याद थप गरि अनुसन्धान गरि रहेको भएपनि पिडक किशोरहरुको विवरण खुलाएको छैन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech