महिला मानव अधिकार दिवसमा दिप प्रज्वलन

175 Shares

महिला मानव अधिकार दिवसको अवसरमा सर्लाही सदरमुकाम मलंगवामा महिला मानव अधिकार रक्षक सञ्जालले शनिवार साँझ दिप प्रज्वलन गरेको छ।उक्त कार्यक्रममा महिला अधिकारकर्मी दिवानी घिमिरे,अब्दुल सहमद,दिब्या साह,बुधन साह, रीना साह तथा आशिष समाजिक सेवा नेपालकी जिल्ला प्रमुख संगिता नेपाली लगायतको उपस्थितिमा दिप प्रज्वलन गरिएको हो ।
कार्यक्रममा महिला मानव अधिकारका क्षेत्रमा सक्रिय महिलाहरू तथा विभिन्न संघ/संस्थाका प्रतिनिधिहरूको समेत सहभागीता रहेको थियो।महिला मानव अधिकार दिवसको सम्मान, संरक्षण तथा अधिकार बारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ सम्पन्न गरिएको आयोजकले जनाएको छ।

सम्बन्धित समाचार