Close This

सम्सी नाकाबाट शसस्त्र प्रहरी निरिक्षक बस्नेतकाे मिलेमताेमा व्यापक तस्करी,डिआईजी ठाडा मगरकाे समेत साथ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-२ गते   ४९६ पटक हेरिएको

महोतरीको सम्सी नाकाबाट कार्टुनको रु १०० लिएर भन्सार छलीको सामान ओसारपसार गर्दै गर्दाको अवस्था

महाेतरीकाे सम्सी सिमानाकाबाट व्यापक मात्रामा तस्करी बढेकाे छ । छिमेकी देश भारतसंग खुल्ला सिमानाका र सिमाकाे सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुकाे असुलीका कारण साे नाकामा व्यापक मात्रामा तस्करी बढेकाे पाईएकाे छ । 
बिहिबार सर्लाहीको हरिवनबाट करिब १० लाख बराबरकाे भन्सार छलीकाे कपडा महाेतरीकाे सम्सीबाट छुटेकाे  प्रदेश ३-०१-००६ ख ०७४४ नम्बरकाे यात्री बसबाट बरामद् गरेपछि सम्सी नाकाबाट व्यापक मात्रा तस्करी हुने गरेकाे रहस्य बाहिरिएको हाे ।


महाेतरीकाे सम्सीबाट छुटेकाे  प्रदेश ३-०१-००६ ख ०७४४ नम्बरकाे बसमा लुकाई छिपाई भन्सार छलेर  काठमाण्डाैँ लैजाँदै गर्दा शसस्त्र प्रहरी बल सुरक्षा वेश क्याम्प हरिवन र शसस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनिबाट खटिएको  शसस्त्र प्रहरीको संयुक्त टाेलीले पुर्व पश्चिम लाेकमार्ग अन्तरगत सर्लाहीको हरिवन नगरपालिका ११ बाट  टिसट २ हजार ५ सय पिस अन्दाजी रु १० लाख बराबरकाे बरामद् गरेपछि शसस्त्र प्रहरी सिमा सुरक्षा बल बाेर्डर आउट पाेष्ट(बिओपी) सम्सीका शसस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी निरिक्षक जयराम बस्नेतकाे मिलेमताेमा व्यापक तस्करी भएको पाईएकाे हाे ।
शसस्त्र प्रहरीका अनुसार महाेतरीकाे सम्सी नाकाबाट काठमाण्डाैँका लागि छुटेकाे प्रदेश ३-०१-००६ ख ०७४४ नम्बरकाे यात्री बसकाे पछाडिको डिकिबाट बिहिबार साँझ ८: ३० बजे साे सामान बरामद् भएको हाे ।


शसस्त्र प्रहरी निरिक्षक बस्नेतलाई बाहिनिबाट सुचना संकलककाे रुमा खटिएका आत्माराम पटेल लगायतका मानिसहरुले समेत सहयाेग गर्ने गरेका रहस्य बाहिरिएको छ भने उनलाई शसस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनिका बाहिनि पति शसस्त्र प्रहरी नायव महा निरिक्षक(डिआईज) गणेश बहादुर ठाडा मगरले समेत आश्रय दिने गरेका पाईएकाे छ । केही दिन पहिला साे नाकाबाट रकम असुली  गर्दै गर्दाकाे फाेटाेलाई शसस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनिका बाहिनि पति शसस्त्र प्रहरी नायव महा निरिक्षक(डिआईज) ठाडा मगरले अर्कै अर्थमा विष्लेषण गरेका थिए । एक व्यापारीले सिमा सुरक्षामा खटेका शसस्त्र प्रहरी कर्माचारीहरुलाई प्रति कार्टुन रु १०० दिने गरेका बताएका थिए भने उनले प्रति कार्टुन रु १०० दिएर आफुले काराेबार गरेकाे बताएका थिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech