पत्रकारको हत्या र सञ्चार गृह माथिको आक्रमणको विरोधमा हातमा कालोपट्टी बाँधेर काम गर्दै पत्रकारहरु

367 Shares

समाचार संकलनको क्रममा पत्रकारको हत्या र सञ्चार गृहमा आक्रमण भएको विरोधमा सर्लाहीका पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर काम गरेका छन्।संघीय राजधानी  काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा एक घरमा आगजनी हुँदा भिडियो कैद गरिरहेका एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको जलेर मृत्युु भएको थियो ।
जसको विरोध स्वरुप नेपाल पत्रकार महासंघले सर्वाजनिक गरेको विभिन्न विरोधका कार्यक्रमहरु अन्र्तगत सर्लाहीमा पनि विरोध र्याली र हातमा कालोपट्टी बाँधेर काम गरेका नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओम प्रकाश ठाकुरले जानकारी दिए ।उनका अनुसार शुक्रबार संघीय राजधानीमा भएको त्यस प्रकारको घटनामा नेपाल पत्रकार महासंघको धयानाकर्षण भएको र सोही अनुसार सार्वजनिक गरिएको विरोधका कार्यक्रमहरु अन्र्तगत सर्लाही सदरमुकाम मलंगवामा शनिबार विरोध प्रदर्शन गरिएको र आईतबार हातमा कालोपट्टी बाँधेर काम गरिएको हो ।
र्र्यालीमा सहभागी पत्रकारले दोषीलाई कारवाही गर,पीडितलाई न्याय दे,सञ्चार माध्यममाथिको आक्रमण बन्द गर,पत्रकार कुट्न पाइदैन र प्रेस स्वतन्त्रता जिन्दावाद जस्ता नारा लगाएका  नेपाल पत्रकार महासंघ सर्लाही शाखाले जनाएको छ।आन्दोलनकारीहरुले विभिन्न सञ्चारगृहमा ढुुङ्गामुढा प्रहार गरेको घटनाको विरोधमा अहिले पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको अगुवाईमा देशभरका पत्रकार आन्दोलित छन् ।
महासंघले तय गरेको देशव्यापी आन्दोलनको कार्यक्रमअन्तर्गत सर्लाहीका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारले आईतबार हातमा कालोपट्टी बाँधेर समाचार संकलन,लेखन तथा वाचनको काम गरेका हुन्।आन्दोलित पत्रकारले दिवंगत पत्रकार रजकको परिवारलाई उचित राहत प्रदान गर्न,प्रेस स्वतन्त्रता कायम गर्न र प्रेसमाथिको दमन बन्द गर्न माग गरेका छन् । 
भने,आज(सोमबार)सर्लाहीका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन–पत्र बुुझाउने कार्यक्रम तय गरिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाले जनाएको छ।जघन्य अपराधमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कारवाही गर्न र संविधान अनुरुप पूर्ण प्रेस स्वतन्त्रता कायम गर्न नागरिक समाजले माग गरेका छन् ।

सम्बन्धित समाचार