राजस्व छलीको सामान सहित पिकअप सिन्धुली प्रहरीको नियन्त्रणमा

176 Shares

वि.पी.राजमार्ग अन्र्तगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्कोट बजार स्थित रहेको प्रहरी चेक पोईन्टबाट करिब आठ लाख बराबरको राजश्व छलीको सामान सहित पिकअप भेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।वि.पी.राजमार्ग अन्र्तगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्कोट बजार स्थित रहेको प्रहरी चेक पोईन्टमा डिउटीमा खटिएको प्रहरी टोलीले बागमती प्रदेश ०१–०२७ च ७२४७ नम्बरको पिकअप भेनलाई रोकी चेकजाँच गर्ने क्रममा शंकास्पद बिल भएकोे पाईएपछि सितल गोल्ड कुकर एक सय ३६ थान,अनुराग गोल्ड कुकर ६८ थान,अम्बे कुकर २५ थान,पाँच लिटर,तीन लिटर र दुई लिटरका कुकर एक सय १२ थान अम्बे कुकर, पाँच लिटर, तीन लिटर र दुई लिटरका १७ थान प्रेसर र राईस कुकर,ईस्टिल टीफिन बक्स ३२ थान,ब्राईटहोम ईलेक्टीक जग १९ थान,ईस्टीलको खण्डेथाल ९१ थान र तामा जस्तो देखीने ३८ थान गिलास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

ecd14e88-67e6-4448-8d0d-8f4497b45ff5.jpg
सिन्धुली प्रहरीका अनुसार पिकअप चालक कमलामाई नगरपालिका १ का अन्दाजी २० बर्षीय निरोज कोईराला सार्कीलाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान पश्चात राजस्व अनुसन्धान कार्यालय पथलैया,बारा पठाइएको छ ।

सम्बन्धित समाचार