Close This

सर्लाहीका दुई स्थानिय निकायमा माओवादी केन्द्रको अधिवेशन सम्पन्न,हरिपुरमा बुढाथोकी र हरिवनमा पन्तको अध्यक्षतामा ६५ सदस्य सर्व सहमत चयन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-११ गते   १४०६ पटक हेरिएको

नेकपा (माओवादी केन्द्र)ले आज(शनबार) एकैदिन देशभरका ७ सय ५३ वटै स्थानिय निकायमा महाधिवेशन गरेको छ । वडा तह देखि एकैसाथ शुरु भएको महाधिवेशन आज(शनिबार) गाउँ तथा नगरको महाधिवेशनमा पुगेको हो ।
नेकपा(माओवादी केन्द्र)ले सर्लाहीका २० वटै स्थानिय निकायको महाधिवेशन आज(शनिबार) एकै पटक गरेको छ । जसमा हरिपुर नगर कमिटिको अध्यक्षमा सुनिल कुमार बुढाथोकी,उपा अध्यक्षमा सरस्वती मिश्र,युुनिस सेक, र हेमलाल देवकोटा,सचिवमा रन्जीत साह,कोषा अध्यक्षमा विपिन्द्र महतो र सह सचिवमा कुमार ढुंगेल सर्वैसहमत चयन हुनु भएको छ । आजै भएको नगर अधिवेशनले  ६५ सदस्यीय नगर कमिटि सर्वसहमत चयन गरेको नव गठित नगर कमिटिका सचिव साहले जानकारी दिनु भयो । नेकपा(माओवादी केन्द्र) प्रदेश २ का अध्यक्ष प्रह्लाद बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको प्रथम नगर अधिवेशनले सर्वसहमत नगर कमिटि चयन गरेको हो ।
त्यसैगरी हरिवन नगरपालिकामा अर्जुन पन्तको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटि सर्व सहमत चयन भएका छन् । हरिवन नगरपालिका ११ स्थीत सम्राट होटलमा भएको नेकपा (माओवादी केन्द्र) हरिवन नगर कमिटिको आयोजनामा भएको भएको प्रथम नगर अधिवेशनले
उपा अध्यक्षतमा पद्मा मोक्तान,जमुना पौडेल र जयमान पाख्रिङ.त्यसैगरी सचिवमा गौरी शंकर महतो,कोष अध्यक्षम जगदेव महतो र सह सचिवमा  विवेक मैनाली लगायत ६५ सदस्यीय नगर कमिटि चयन गरिएको नव गठित कमिटिका सह सचिव मैनालीले जानकारी दिनु भयो ।   नेकपा(माओवादी केन्द्र) जिल्ला समन्यव समिति सर्लाहीका संयोजक कमल बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको प्रथम नगर अधिवेशनले हरिवन नगर कमिटि सर्व सहमत चयन गरेको हो । भने केही स्थानिय निकायको खुल्ला सत्र सकिएको र बन्द सत्रकोतयारी भई रहेको नेकपा(माओवादी केन्द्र) सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech